स्याङ्जा ४ जेठ । वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण र उपप्रमुखमा नेपाली कांग्रेसका कविता तिवारी ९गैह्रे० निर्वाचित हुनु भएको छ ।
आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसतर्फका प्रमुखका उम्मेदवार दिलिप खाँणलाई २ हजार १८३ मतले पछि पार्दै विजयी हुनु भएको छ ।
कृष्णले १३ हजार ७७६ मत पाउदा दिलिपले ११ हजार ५९३ मत पाउनु भएको छ । कांग्रेसकी गैह्रेले १२ हजार ८ सय २२ मत ल्याइ उपप्रमुख पदमा विजयी हुनु भएको छ ।
उहाले आफ्ना प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ८ सय ८२ मतले पछि पार्दै विजयी हुनु भएको हो । थापाले १२ हजार ३ सय ४० मत पाउनु भएको छ ।
योसँगै नेपाली कांग्रेसले वडा नम्बर १, २, ५, १०, ११ र १४ मा विजयी भएको छ भने नेकपा एमालेले ३, ४, ६, ७, ८, ९, १२ र १३ वडा जितेको छ।
चौध वडा रहेको नगरपालिकामा १ देखि १४ वडामा क्रमश स्पदमराज गुरुङ, पोतप्रसाद लम्साल, भिमबहादुर गुरुङ, हरिप्रसाद खनाल, छवि आले, श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा, दामोदर तिवारी, अमृत श्रेष्ठ, सुनील खनाल, डण्डापानी पंगेनी, विश्वजंग गुरुङ, नमलाल डुम्रे, राजु कुँवरले अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
वालिङ नगरपालिकामा ३९ हजार ६५९ जना मतदाता भए पनि यहाँ २६ हजार ७७४ जनाले मतदान गरेका थिए ।
यसअधि २०७४ को निर्वाचनमा वालिङ नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसका दिलिपप्रताप खाँण र कल्पना तिवारी निर्वाचित हुनु भएको छ ।