स्याङ्जा १६ चैत । स्याङ्जाको दरौंखोलामा माछा मार्दै गरेका ३ चिनियाँ नागरिक पक्राउ परेका छन् ।
अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा गएराती माछा मारेका अवस्थामा ती नागरिकलाई पक्राउ गरीएको हो ।
पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ पर्नेमा ४१ बर्षे यो जोङ यु, ३६ का गाहु र ४० का यु स्या हु लाई छन ।
स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनिया नागरिक सहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल, माछा समाउने जाली र बा १२ च २७७ नम्बरको हाईलक्स गाडी सहित चिनीयाँ नागरिकलाई पक्राउ गरेको हो ।
पालिकाले उनीहरुलाई जनही ५÷५ हजार जरिवाना गरेको छ। पालिकाले पालिका अन्र्तगतका नदीखोलामा जाल हाली, करेन्ट लगाएर माछा मार्न निषेध सहित नगद जरिवाना गर्ने कानूनी ब्यवस्था गरेको छ ।
सामाग्री सहित ३ जनालाई प्रहरी÷प्रसासन कार्यालय स्याङ्जा ल्याएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान सुरु भैसकेको प्रहरी प्रवक्ता समेत रहेका खनालले भन्नुभयो ।