स्याङ्जा ४ जेठ । चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन्। नगरप्रमुखमा देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा इशा राना बिजयी हुनु भएको हो ।
खाँणले ७ हजार ४९० मत पाएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजु कोइरालाले ६ हजार ५५५ मत पाउनु भएको छ ।
उपप्रमुखमा रानाले ७ हजार ४१३ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी नेकपा एमालेका सृष्टि मल्लले ६ हजार ३७६ मत पाउनुभयो । खाँणले ९ सय ३५ र रानाले एक हजार ३७ मतले पछि पार्दे प्रमुख र उपप्रमुखमा निर्वाचित हुनु भएको छ ।
नगरका १० वटा मध्यें ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली काँग्रस र १, २, ७, ९ र १० गरी पाँच वटा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन।
नगरपालिकाको १ मा एमालेका भुपराज वस्ती, २ मा एमालेका टिकाराम श्रेष्ठ, ३ मा काँग्रेसका जुत बहादुर राना, ४ मा काँग्रेसका अर्जुन बहादुर खाँण, ५ मा काँग्रेसका वल बहादुर श्रेष्ठ, ६ मा काँग्रेसका तारादेवी पोखरेल, ७ मा एमालेका मोहन के.सी., ८ मा काँग्रेसका टोपलाल न्यौपाने, ९ मा एमालेका कृष्ण सुवेदी, १० मा एमालेका रामु कोइराला निर्वाचित हुनु भएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रसका उम्मेदवार शिव गिरी र बिमला श्रेष्ठ विजयी भएका थिए।
चापाकोट नगरपालिकामा २१ हजार ५४६ जना मतदाता रहेता पनि १४ हजार ८५०६ जनाले मतदान गरेका थिए।