Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै
    • तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ
    • लागु औषध सहित २ युवा पक्राउ
    • फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ
    • स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ
    • पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम
    • स्याङ्जाको कृषिमा छुट्टाइएको २.५४ प्रतिशत बजेट पनि खर्च भएन्
    • चेम्बर अफ कमर्श भीरकोटको अध्यक्षमा जब्बर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका ७३ जनाले त्यागे नेपाली नागरिकता
    समाचार

    स्याङ्जाका ७३ जनाले त्यागे नेपाली नागरिकता

    Syangja SandeshBy Syangja SandeshApril 2, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० चैत । स्याङ्जाका ७३ जनाले युवायुवतीले नेपालीे नागरिकता परित्याग गरेका छन्। विगत १३ बर्षयता नागरिकता त्याग गर्नेको संख्या हो यो ।

    जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार वि.सं. २०६७÷०२÷०३ देखि २०८०÷११÷२७ गतेसम्ममा ७३ जना स्याङ्जाली नागरिकले विदेशी नागरिक बन्नका लागि नेपाली नागरिकता परित्याग गरेको उल्लेख छ । नेपाली नागरिकता परित्याग गर्नेमा २५ जना महिला र ४८ जना पुरुष छन्। महिलाका तुलनामा पुरुषको संख्या झण्डै दोब्बर छ ।

    नेपाली नागरिकता परित्यागगरी उनीहरुले बेलायत, हङकङ, बेल्जीयम, अमेरिका, युगाण्डा, अष्ट्र्लिया, फ्रान्स, जर्मनी, फिनल्याण्ड, न्यूजील्याण्ड, पोर्चुगल, क्यानडा, केन्या, कोरियन, चाइनिज नागरिकता लिएका छन ।
    स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, ‘मुख्यतः गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिकता लिन र नेपालमै नबस्ने लक्ष्य लिएर नागरिकता परित्यागको गर्नेहरु बढेका छन्।’

    डीभी, पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग विवाह गरी बसेकाले पनि नागरिकता त्याग गर्ने गरेका प्रजिअ नेपालको भनाई छ। त्यसो त, विदेशी नागरिकता लिने प्रक्रिया थालेसंगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने हुन्छ।
    यसरी नागरिकता त्याग गर्ने मध्ये अमेरिका, अष्ट्रेलिया र यूरोप पुग्नेहरु धेरै छन्। प्रशासनको तथ्यांक अनुसार अमेरिकी नागरिकता प्राप्त गर्नेमा स्याङ्जाका १७ जना छन ।

    त्यसपछि क्रमश ः अष्ट्रेलियाको १५, हङकङ १२, बेलायत ११, कोरियन ३, जर्मनी ३, न्यूजील्याण्ड २, चाइनिज २, पोर्चुगल २ र क्यानडा, केन्या, बेल्जीयम, युगाण्डा, फ्रान्स, फिनल्याण्डका नागरिकता लिने एक÷एक जना रहेका छन्।
    वि.सं. २०४० सालदेखि २०७६ सालभित्रमा जारी गरिएका ती नागरिकता सबैभन्दा धेरै यही बर्ष २०८० सालमा ३६ जनाका नागरिकता परित्याग भएको प्रशासनले जनाएको छ।

    यसैगरी, वि.सं. २०६७ मा २ वटा, २०६८ — ३ वटा, २०७० — २ वटा, २०७१ — ३ वटा, २०७२ — ४ वटा, २०७३ — ६ वटा, २०७४ — ६ वटा, २०७५ — ३ वटा, २०७६ — एउटा, २०७७ — ५ वटा, २०७८ — एउटा र २०७९ — २ वटा नागरिकता त्याग भएका छन्। र, २०६९ सालमा भने एउटा पनि नागरिकता त्याग नभएको पाइएको छ।

    राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउदै विदेशी मूलुक छिरेका नेपाली नागरिक पछि उतेै रमाउने र अन्ततः उतैका नागरिक भई बस्न चाहना गर्ने गरेको पाईन्छ। राज्यले आफ्नो नागरिकको शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारको ग्यारेन्टी गर्न नसक्नु बिदेश पलायनको प्रमुख कारण रहेको स्याङ्जाबाट केही महिनाअघि अमेरिका पुगेका युवा दिपक वाग्लेको भनाई छ।

    उहाले भन्नुभयो, ‘भष्ट्राचार नियन्त्रण, शिक्षा, स्वास्थ्य रोजगारका निम्ति यस्तै अवस्था रहीरहे अझै धेरै युवाहरु विदेशिन वाध्य हुनेछन्। अब, युवा शक्ति स्वदेशै रमाउने राज्यको नीति बनाईनुपर्छ।’

    राष्ट्रिय जनगणना २०७८ का अनुसार स्याङ्जाको जनसंख्या २ लाख ५३ हजार २४ जना रहेको छ। गतबर्ष झण्डै १२ हजार जनाले राहदानी लिएका थिए। ती मध्ये अधिकांश युवायुवती रोजगार र अध्ययनका लागि भन्दै विदेशिने गरेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025

    पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम

    August 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.