स्याङ्जा ७ चैत । स्वतन्त्र बिद्यार्थी निर्वाचन अन्र्तगत स्याङ्जाका ८ वटा सामुदायिक क्याम्पस मध्ये ७ वटाको मतपरिणाम सार्वजनिक भएको छ। तर, एउटा क्याम्पसमा भने दुई बिद्यार्थी संगठनबीचका राय नमिल्दा निर्वाचन स्थगित भएको छ ।
स्ववियु निर्वाचन अन्र्तगत स्याङ्जाका ५ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघले नेतृत्व गर्ने भएको छ भने २ वटामा अनेरास्ववियुले नेतृत्व पाएकोे छ ।
त्रिभुवन, वालिङ, गल्याङ्, मालुंगा, राधादामोदर संस्कृत बिद्यापीठ क्याम्पसमा नेविसंघ तर्फका उम्मेदवार क्रमशः सविन रेग्मी, सन्दिप कडेल, बिशाल थापा, अनुप पोखरेल र संजीवनी न्यौपानेले स्वतन्त्र बिद्यार्थी यूनियनको नेतृत्व गर्नेे अवसर पाएका हुन ्।
यसैगरी, सिद्धार्थ र मिर्मि बहुमुखी क्याम्पसमा अनेरास्वीवयूतर्फका उम्मेदवार क्रमशः संजोग थापा र मुना न्यौपानेले स्वतन्त्र बिद्यार्थी यूनियनको नेतृत्व गर्ने अवसर पाएका छन ्।
वालिङ् नगरपालिका स्थित वालिङ् बहुमुखी क्याम्पसमा नेविसंघका साझा उम्मेदवारको प्यानल विजयी भएका छन् भने फेदिखोला स्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अनेरास्वीयूको प्यानल बिजयी भएको हो ।
अन्य क्याम्पसहरुमा भने भागवण्डाका आधारमा कतै निर्बिरोध त कतै निर्वाचन मतपरिणाम आएका हुन ।
चापाकोट बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघ र अनेरास्ववीयू बिच कुरा नमिल्दा निर्वाचत स्थगित भएको हो।