स्याङ्जा ९ भदौ । स्याङ्जामा अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गर्दै ३१ जनालाई सहायता सामाग्री उपलब्ध गराइएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा अपाङ्गता ससक्तिकरण तथा सामुदायिक बिकास केन्द्र स्याङ्जाको समन्वयमा ती सामाग्री हस्तान्तरण गरिएका हुन ।
सामाग्री पाउनेमा पुतलीबजार, भिरकोट, वालिङ , गल्याङ नगरपालिकाका सहति बिरुवा गाउपालिकाकागरी ३१ जना अपांगता भएका ब्यक्तिहरुको लागि सहायता सामाग्री उपलब्ध गराइएको हो ।
अपांगता भएका ब्यक्तिहरुका माग बमोजिम ह्वील चियर, बैशाखी, सेतो छडी, टवाइलेट चियर, रेडियो, सहयोगी लौरो, वाकर, बेल्ट लगायतका समाग्री उपलब्ध अपाङ्गता ससक्तिकरण तथा सामुदायिक बिकास केन्द्रका अध्यक्ष युवराज पराजुलीले जानकारी दिनुभयो ।
अपांगता भएका ब्यक्तिका आवश्यकता पहिचानगरी ती सामाग्रीको सहिसदुपयोग सहित बितरण कार्यलाई स्थानीय तह केन्द्रित गर्ने उदेश्य रहेको सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीले भन्नुभयो ।
कार्यालय प्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण स्याङ्जा अपांग समाजका जिल्ला अध्यक्ष राम शर्माले गर्नुभएको थियो ।