स्याङ्जा २५ पुस । नेपाली कांग्रेस स्याङ्जाका १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतवार (आज) पदस्थापना गरेका छन् ।
स्याङ्जा सदरमुकाम स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पदस्थापना कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कांग्रेसलाई ५१ प्रतिशत मत ल्याउने बनाएर आफुले बिश्राम लिने बताउनुभयो । जबसम्म ५१ प््रातिशत मत आउदैन तबसम्म आफुले बिश्राम नलिने र पार्टीको संगठन बिस्तारमा जुटीरहने बताउनुभयो ।
कार्यक्रममा निर्वतमान कार्यवाहक सभापति कुमार राना, केन्द्रिय सदस्य सरस्वती तिवारी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, पूर्व पाटी सभापति द्धय खगेन्द्रराज रेग्मी र विश्वप्रेम अधिकारी लगायतले शुभकामना सहित निर्वाचित पदाधिकारीलाई स्वागत एवं बधाई दिनुभएको थियो ।
नवनिर्वाचित सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सदस्य तारा मल्लले स्वागत एवं प्रवक्ता इन्द्र गोदारले संचालन गर्नुभएको थियो । यसैबीच, सोही कार्यक्रममा निर्वतमान सभापति कुमार रानाले हालै निर्वाचित सभापति राजु थापालाई माइन्यूट हस्तान्तरण गर्नुभएको थियो ।