स्याङजा, ८ असार । स्याङजाका मित्र काफ्लेले क्यानडामा उत्कृष्ट नागरिक सम्मान पाएका छन्। बिषम परिस्थितीमा पनि समुदायमा पुरयाएको योगदानको कदर गर्दे काफलेले अन्टरियो प्रान्त अन्र्तगतको व्रम्टन शहरको उत्कृष्ठ नागरिक सम्मान पाउनुभएको हो ।
कोभिड १९ को समयमा ब्रम्टन समुदायलाई पुरयाएको सहयोगको मुल्याङ्कन गर्दै नगर प्रमुख प्याट्रिक ब्राउन्लले काफ्लेलार्ई शनिवार उत्कृष्ट नागरिक सम्मान गर्नुभएको हो । क्यानेडेली सरकारले उनी लगायत अन्य देशका ७ जनालाई सम्मान गरेको छ।
वालिङ नगरपालिका १ मा जन्मेका उनी झण्डै ११ बर्षदेखि क्यानडामा बस्दै आएका छन्। करिब ४८ बर्षे काफ्ले नेपाल र क्यानडा आउजाउ गर्छन भने उनी बिभिन्न सामाजिक कार्यमा सक्रिय छन्।
क्यानडाको बिकास र प्रगतिलाई गहन अध्ययन गरेका काफ्लेलाई ब्रम्टन सरकारले उत्कृष्ट नागरिक सम्मान गर्नुले समग्र नेपाल र नेपालीको सम्मान भएको वालिङ्का केदार काफलेको भनाई छ। उनले भन्नुभयोे ‘काफ्लेले उत्कृष्ट नागरिकको सम्मान पाउनु अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालीको पहिचान झल्काएको छ।’
क्यानडामा उद्यमी, राजनीतिक तथा समाजसेवीको रुपमा परिचित काफ्ले सामाजिक, एवं सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रका विज्ञ पनि हुन।
पछिल्लो समय उनले नेपालमा ‘गिड्स इन नेपाल–बिल्डिङ सेफ एण्ड हेल्दी’ नामक गैरसरकारी संस्थाबाट स्थापनागरी सक्रियता बढाएका छन्। नेपालमा मानव अधिकार, महिला ससक्तिकरण, बाल अधिकार, अन्तरदेशीय मानव तस्कर न्युनिकरणका क्षेत्रमा काम गर्ने उहाले जनाउनुभयो । काफ्ले गैह्रसरकारी संस्था गिड्स इन नेपाल(बिल्डिङ सेफ एण्ड हेल्दी नेपाल’ को फाउन्डर तथा निर्देशक पनि हुनुहुन्छ ।
Monday, September 15
Trending
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
- स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
- संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
- नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य