Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 19
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङुजामा यसबर्षको एसईइमा ४ हजार १३३ परिक्षार्थी
    समाचार

    स्याङुजामा यसबर्षको एसईइमा ४ हजार १३३ परिक्षार्थी

    Syangja SandeshBy Syangja SandeshMarch 27, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ चैत । भोली (बिहीवर) अर्थात चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाका एक सय ६८ विद्यालयका ४ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

    सामुदायिक माध्यमिक विद्यालयका १ सय ३३ र संस्थागत तर्फका ३५ वटा माध्यमिक विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षार्थीमध्ये २ हजार एक छात्रा र २ हजार १३२ जना छात्र रहेको शिक्षा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो ।

    नियमिततर्फ ३ हजार ९१४, प्राविधिकतर्फका १५६, ग्रेड वृद्धिका ६३ जना छन्। सामुदायिकतर्फ १ हजार ६५० छात्रा र एक हजार ६३७ छात्र गरी ३ हजार २८७ परीक्षार्थी छन्। त्यसैगरी संस्थागततर्फका ३५१ जना छात्रा र ४९५ छात्रगरी ८४६ छन्।

    प्राविधिकतर्फ बालीविज्ञानमा र कम्प्युटर इन्जिनियरिङ ३–३ विद्यालयबाट १५६ जना र धार्मिक ३ माध्यमिक विद्यालयतर्फका १९ जना पनि परीक्षामा सहभागी हुँदैछन्। जिल्लाभरका ११ वटा स्थानीय पालिकालाई समेटेर २६ परीक्षा केन्द्र तोकिएका छन्।

    तीमध्ये वालिङ्मा ७ र पुतलीबजार नगरपालिकामा ५, फेदिखोला, आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा एक–एक परीक्षा केन्द्र तोकिएका छन्। भीरकोट, गल्याङ्, चापाकोट नगरपालिका र कालीगण्डकी र हरिनास गाउँपालिकामा २–२ वटा परीक्षा केन्द्र तोकिएका छन्।

    एसईइ परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सम्बन्धित विद्यालयमा र प्रश्नपत्र सम्बन्धित सुरक्षा निकायमा पुगिसकेको र परीक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा समन्वय इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.