स्याङ्जा ३० बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्र्तगत सुन्तला सुपरजोन संचालन समन्वय समिति स्याङ्जाको शनिवार सम्पन्न मतदानबाट बोधराज अर्यालको संयोजकत्वमा ९ सदस्यीय समिति निर्वाचित भएको छ ।
समितिको सदस्यहरुमा तिरमाया गुरुङ, शालिग्राम अर्याल, लक्ष्मीप्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित हुनुभएको हो । वैशाख १९ गते उदघाटन भएको अधिवेशनले सहमतिको प्रयास गर्दा सफल नभएपछि प्यानलगत रुपमा निर्वाचन प्रक्रियामा गएको हो ।
मतदान प्रक्रियाबाट जादा बोधराज अर्याल संयोजक रहेको समितिमा गठित प्यानल नै निर्वाचित भएको छ । २७३ मत रहेको समितिमा २४३ मत खसेको थियो ।
खसेको मत मध्ये अर्यालको पक्षमा १९०, उनका प्रतिस्पर्धी मुक्ति अधिकारीको ३६, लेखनाथ कोइराला २ मत प्राप्त गर्नुभयो भने १५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।