स्याङजा ११ मंसिर । नेपाली काँग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित हुनु भएको छ । आफना प्रतिस्पर्धी भन्दा ३२ मत बढी ल्याएर उहा निर्वाचित हुनु भएको हो ।
आज बिहान सम्पन्न भएको मतगणनामा थापाले १ हजार ११७ मत पाउनु भएको थियो । र, उहाँका प्रतिस्पर्धी भागवतप्रकाश मल्लको १ हजार ८५ मत छ ।
स्याङ्जाका २ हजार २ सय ५७ मतदाता मध्ये २ हजार दुई सय १८ मत खसेको थियो ।
थापा संविधानसभा सदस्य हुनुहुन्छ भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुनुहुन्छ । मल्ल नेपाली कांग्रेस तर्फका गण्डकी प्रदेश सचेतक पनि हो।
यसैगरी, उपसभापतिमा केदार काफले र शेरबहादुर थापा, सचिवमा गुरुप्रसाद भट्टराई र दामोदर लम्साल बिजयी हुनुभएको छ ।
सहसचिवमा धु्रवबन्धु पौडेल र पृथ्वीप्रसाद पोखरले निर्वाचित हुनु भएको छ ।
दुई समूह बनाएर चुनावी मैदानमा उत्रीए पनि मतदाताले दुबै पक्षलाई मतदान गरेका छन्।
Friday, September 19
Trending
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा