Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजा अस्पतालको शिशु तथा बालरोग सघन कक्ष उदघाटन
    पुतलीबजार नगरपालिका

    स्याङजा अस्पतालको शिशु तथा बालरोग सघन कक्ष उदघाटन

    जिल्ला अस्पताल स्याङजाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 21, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ साउन । जिल्ला अस्पताल स्याङजाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ ।

    गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले उपचार सेवाको शुभारम्भ भएको औपचारिक घोषणा गर्दै सघन कक्षको उदघाटन गर्नुभएको हो ।

    पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जामा शिशु÷बालरोग सम्बन्धी सघन उपचार सेवा शुभारम्भ गर्दै विपन्न परिवारको मुख्य उपचारको गर्न आउने सरकारी अस्पतालले सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारि सेवा दिनु पर्ने बताउनुभयो ।
    प्रदेश सरकारले स्तरोन्नती सहित थप सेवाका लागि बजेट बिनियोजन गरेको जानकारी गराउदै आउदा दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    अस्पतालबाट उपलब्ध हुने सबै सेवा सुबिधा उपलब्ध गराउन सुझाव दिदै करारमा कार्यरत चिकित्सक तथा कर्मचारीका आउने मन्त्रिपरिषद बैठकबाट सेवा अवधी म्याद थप गर्ने बताउनुभयो ।

    सोही कार्यक्रममा पूर्वमन्त्री सीता सुन्दास, लेखा समिति संयोजक एवं सांसद सुधिर पौडेल, सांसद महेश भट्टराई, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, स्वास्थ्य सचिव डा. बिनोदबिन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले अस्पताले पछिल्ला समयमा गरेको सेवाप्रवाह सन्तोषजनक रहेको बताउदै अझ विस्तार एवं सुधार गर्दै लानु पर्ने आवश्यकता औल्याउनुभयो ।


    अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल प्रमुख डा. शुशिल मरासीनीले स्वागत एवं प्रशासन शाखा प्रम्ुख राजेश पौडेल कार्यक्रम संचालन गर्नुभएको थियो ।


    कार्यक्रममा मेसु एवं अस्पताल प्रमुख डा. सुशिल मरासीनी, डा. बिनोद गैह्रेले शिशु तथा बालरोग सघन उपचार सेवाका लागि आवश्यक उपचारपद्धती, जनशक्ति, उपकरण सहितका बारेमा कार्यपत्र मार्फत जानकारी गराउनुभयो ।


    अस्पताल प्रमुख डा. मरासीनीका अनुसार, ‘जन्मेदेखि २८ दिनसम्मको शिशुलाई एनआइसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयु मार्फत र हाल ८ शैया मार्फत सो सेवा दिन सकिनेछ ।’


    शिशु तथा बालरोग सघन उपचार सेवा सुरु भएसंगै स्याङ्जाबाट उपचारका लागि पोखरा, काठमाण्डौ जस्ता ठूला तथा सम्पन्न अस्पताल जान नपर्नेगरी सेवा दिईने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले बताउदै अस्पतालसम्म आउने सडक निर्माण सहित अस्पतालको स्तरोन्नतीका कार्य छिटो गरिनुपर्नेमा जोड दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.