Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजामा ९० प्रतिशत भूभागमा रोपाईं पुरा
    अर्थ

    स्याङजामा ९० प्रतिशत भूभागमा रोपाईं पुरा

    Syangja SandeshBy Syangja SandeshJuly 22, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, ७ साउन । साउनको पहिलो साताभित्रै स्याङजामा ९० प्रतिशत धान रोपाईं सकिएको छ। धान रोपाईं हुने कुल क्षेत्रफलको ९० प्रतिशत भू(भागमा रोपाइँ सकिएको हो।
    झण्डैं १८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाईं गरिने स्याङजाका मकै रहेका खेत बाहेक सबैमा रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र प्रमुख बिनोद हमालले जानकारी दिनुभयो।

    उहाका अनुसार चापाकोट र गल्याङ्तर्फका करिब ७ प्रतिशत भू(भाग र आँधीखोला फेदिखोला र पुतलीबजारका करिब ३ प्रतिशत भू(भागमा मकै र चैते धान पाकिनसकेका कारण रोपाईं हुन बाँकी रहेको हो। साउनको दोश्रो सातासम्ममा यसबर्षको धान रोपाई सकिने उहाको भनाइ छ।

    यसपटक छिटै पर्याप्त बर्षा भएका कारण किसानले समयमै धान रोप्न पाए। साउनको अन्तिमदिन सम्म रोपिने टारी खेत पनि यसपटक रोपिसकिएका छन्। सिचाइँ पुगेका खेतमा जेठ महिनादेखि रोपाइँ सुरु गरिन्छ।

    सिंचाईंका सुबिधा नपुगेका खेतमा पनि यसपटक नियमित आएको वर्षाले किसानलाई सहज बनाएको कृष्ण पौडेलको भनाई छ।स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धानका उर्वर क्षेत्र हुन।
    यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङमा पनि धानको उत्पादन राम्रो हुन्छ।

    यसपटक जिल्लामा रामधान, सावित्री, सुनौलो सुगन्धा लगायतका उन्नत जात र हाइव्रीड धान रोपिएका छन्।अघिल्ला वर्षका तुलनामा यसबर्ष धान रोपाईंका क्षेत्र केही बढेको छ। कोरोनाका कारण घर फर्केका जनशक्ति अहिले कृषिमा जुटेका छन्। स्याङजामा गत बर्ष ५६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसबर्ष ५८ देखि ५९ मेट्रिक टन उत्पादन बृद्धि हुने ज्ञान केन्द्रको अनुमान छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा यसबर्ष एक अरब २५ करोडको सुन्तला उत्पादन

    January 1, 2025

    स्याङ्जाको कफी उत्पादन गतबर्षभन्दा दोब्बरकोे अनुमान

    March 14, 2024

    नेपालको आर्थिक अवस्था हल्का चलायमान भएको छ — वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    January 20, 2024

    चण्डीकालिका सेभिङ् इण्ड क्रेडिट को अपरेटिभमा शेरचन निर्वाचित

    January 6, 2024

    देउसी खेलेर संकलित ५० हजार राम्दीका जेष्ठनागरिकलाई

    November 24, 2023

    स्याङ्जामा रोपिए १ लाख ७० हजार किलो आलु

    November 24, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.