Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजामा आयोजित कबिता प्रतियोगितामा सिन्धुपाल्चोकका सुन्दर शिरिष प्रथम
    पुतलीबजार नगरपालिका

    स्याङजामा आयोजित कबिता प्रतियोगितामा सिन्धुपाल्चोकका सुन्दर शिरिष प्रथम

    कबिबर केदारमान ब्यथित एवं पुष्पमान श्रेष्ठ र –चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा स्याङ्जामा खुला कबिता प्रतियोगिता एवं कबिता महोत्सव गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 15, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३१ साउन । कबिबर केदारमान ब्यथित एवं पुष्पमान श्रेष्ठ र –चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा स्याङ्जामा खुला कबिता प्रतियोगिता एवं कबिता महोत्सव गरिएको छ । बिहीवार स्याङ्जा सदरमुकाममा आयोजित प्रतियोगितामासुन्दर शिरिष प्रथम हुनु भएकोछ सिन्धुपाल्चोक निवासी शिरिषले देश फर्किरहेको देश भन्ने शिर्षकमा कबिता वाचन गर्नु भएको थियो ।

    यसैगरी, झापाका राजन सुवेदी दिपकको ‘हराएको देश’ द्धितिय, बाँकेका चन्द्राबती अधिकारीको ‘म आए’ तृतीय हुनु भएको छ । यसैगरी, तनहुका बिनायक पन्तको ‘ब्रह्माण्ड मस्तिष्क र स्याङजाका सम्झना थापाको ‘सम्झनु त्यही मेरो देश हो भन्ने कबिता सान्त्वना भएको छ । प्रथम हुनेलाई १५ हजार ५५५, द्धितीयलाई ११ हजार १११, तृतीयलाई ७ हजार ७७७ र सान्त्वना दुई जनालाई जनही ३ हजार ३३३ रुपियाँ नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

    नेपालका ६ प्रदेश, ४८ जिल्लाबाट प्राप्त भएका १९९ कवितामध्ये निर्णायक समितिले २० कवितालाई छनौटगरी बाचनको लागि बोलाइएको थियो । कविता महोत्सव समारोहमा उत्कृष्ट कविताका रूपमा छनौट भएका २० प्रतिस्पर्धीले स्वयं कविता वाचन गर्नुभएको थियो ।

    यसैगरी, सोही कार्यक्रममा एसईई परिक्षा ४ जिपिए ल्याई स्याङ्जा जिल्ला उत्कृष्ट भएका सुसान्त मरासिनी र अमोर सेवा नेपाल (बालगृहका संचालिका कमला पराजुलीलाई सम्म्मान गरिएको छ । पुतलीबजार नगरपालिकाका ४ वटा बिद्यालयका ५ सय बिद्यार्थीलाई पनि शैक्षिक सामाग्री बितरण गरिने जनाइएको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान एवं प्राज्ञ सरुभक्तले स्याङ्जा कला र साहित्यका क्षेत्रमा अग्रसर बन्न खोजेको बताउनुभयो । कला र साहित्य मार्फत सामाजिक वस्तुस्थितीको पहिचानगरि समयसापेक्ष अघि बढ्न युवाहरुलाई सुझाव दिनुभयो । यस्ता खालका साहित्यिक कार्यक्रम मार्फत नवयुवार्मा साहित्यप्रति उत्प्रेरणा जगाउनु पर्नेमा उहाले जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्ति, पुतलीबजारका कुलपति विश्वप्रेम अधिकारी, कबि एवं गीतकार दुर्गा शाह बाबा, नेपाली कांग्रेसका जिल्ला प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमाले जिल्ला सदस्य विपन पौडेल, नेकपा एकिकृत समाजवादी जिल्ला सचिव श्री गुरुङ, ब्रम्हकुमारी इश्वरिय विश्वबिद्यालयका संचालिका अम्बिका दिदी, मुक्तिनाथ विकास बैकका अध्यक्ष भरतराज ढकाल, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    पुष्प चन्द्र ट्रष्टका अध्यक्ष महेन्द्रमान ब्यथितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कबिता महोत्सवका संयोजक अनन्तकुमार श्रेष्ठले स्वागत एवं मिडियो संयोजक रमेश गोदार र ट्रष्टका संस्थापक योगेन्द्रमान श्रेष्ठले संचालन गर्नुभएको थियो ।

    कार्यक्रम सुरु हुनुपूर्व भेषभूषा सहितको झाँकी शोभायात्राले स्याङुजाको मुख्य बजार परिक्रमागरि सिटीहलमा पुगेर कार्यक्रम गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.