स्याङ्जा २० असार । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा अनलाईन विलिङ अभिमूखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै करदाता कार्यालय प्रमुख शोभाकान्त पंगेनीले आउने आर्थिक बर्षदेखि बार्षिक १० करोडभन्दा माथिका कारोकार गर्ने ब्यवासायीले अनिवार्य अनलाईन विलिङ् गर्नुपर्ने भएकाले सबै ब्यवासायीले राज्यका नीति बमोजिम काम गर्न आग्रह गर्नुभयोे । अनलाईन बिलिङ्ले ब्यवसायमा पारदर्शिता हुने भएकाले यस्ता नीति अवलम्बन गरिएको उहाकोे भनाई छ ।
उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज सुवेदीले करोडौंको कारोवार गर्ने ब्यवसायी प्रबिधिमैत्री बन्नु पर्ने बताउनुभयो । प्रबिधिको उपयोगले ब्यवसायीलाई हित गर्ने जनाउदै उनले प्रबिधि उपयोगतका बारेमा जानकार रहनु आजको आबश्यकता रहेकोमा जोड दिनुभयो ।
यसैगरी, जिल्ला अध्यक्ष रविन्द्रमान श्रेष्ठले ब्यवसायीलाई आउदै गरेको नीतिगत ब्यवस्था र यसका प्रक्रियाका बारेमा जानकारी दिने उदेश्यले सो कार्यक्रम गरिएको बताए । उनका अनुसार स्याङ्जामा १० करोड भन्दा बढीको बार्षिक कारोवार गर्ने २२ जना छन्।
कार्यक्रममा सचिव मित्रबन्धु पोखरेल, सदस्य रविन केसी र सहभागि ब्यवसायीहरुले आफना समस्याका बारेमा बारेमा जानकारी गराउदै बिलिङ् प्रणालीको अवलम्बन गर्नुपर्ने बताउनुभयो ।्
सोही कार्यक्रममा करदाता कार्यालय प्रमुख शोभाकान्त पंगेनीले बिद्युत्तिय माध्यमबाट वीजक जारी गर्ने ब्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । आउने साउन १ गतेदेखि बार्षिक १० करोड माथिका कारोवार गर्ने ब्यवसायीलाई अनिवार्य अनलाईन विलिङ गर्नै पर्ने भएको छ । भने, सो भन्दा कम कारोवार गर्ने ब्यवसायीलाई अनिवार्य छैन ।
कार्यक्रममा स्याङजा जिल्ला लगायत भीरकोट, कालीगण्डकी, गल्याङ् नगर उद्योग वाणिज्य संघका सदस्यहरु सहित १० करोड भन्दा माथि कारोवार गर्ने ब्यवसायीको सहभागिता थियो ।