Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 9
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सुदूरपश्चिम प्रदेशसभा गठनको तीन वर्ष पूरा
    सुदुरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशसभा गठनको तीन वर्ष पूरा

    Syangja SandeshBy Syangja SandeshMay 31, 2021Updated:July 15, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सुदूरपश्चिम प्रदेश सभा गठन भएको तीन वर्ष पूरा, ४२ वटा विधेयक पारित गरेको छ । सुदूरपश्चिम प्रदेश सभा गठन भएको तीन वर्ष पूरा भएको छ। २०७४ माघ ७ गते सभा गठन भएको थियो।


    यस प्रदेश सभामा ५३ जना सदस्य छन्। जसमध्ये ३९ जना नेपाल कम्युनिष्ट पार्टीका, १२ जना नेपाली कांग्रेसका र २ जना जनता समाजवादी पार्टीका छन्। प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित सांसद छन्। अरू २१ जना समानुपातिक सांसद छन्।

    प्रदेश सभाको हालसम्म सम्पन्न भएका बैठकबाट ४२ वटा विधेयक पारित भएका छन्। यस्तै, ४२ विधेयक प्रमाणीकरण भएका छन्। दुई वटा विधेयक प्रकृयामा छन्। प्रदेश सभाका तीन वर्षे उपलब्धी प्रदेश सभा सचिवालयले छैठौं अधिवेशनबाट १८२ बैठक बसी ४२ विधेयक पारित गर्नुलाई मुख्य उपलब्धी मानेको छ। प्रदेश सभाको लोगो निर्धारण, प्रदेशका नाम र राजधानी तोक्ने काम, प्रधानमन्त्रीबाट सभामा सम्बोधन हुनुलाई पनि उपलब्धीका रूपमा राखेको छ।


    यस्तै, प्रदेश सभा बैठकको काम कारबाहीको अडिओ रेकर्डलाई अक्षरमा रूपान्तरण गर्ने काम पनि उपलब्धीका रूपमा सचिवालयले उल्लेख गरेको छ। यीबाहेक प्रदेश सभामा किडिया सेन्टरको स्थापना, संसदीय दलको कार्यालय भवन निर्माण, इन्टरनेट जडान, हलमा डिजिटल माइक जडान गरिनुलाई पनि उपलब्धीका रूपमा दाबी गरिएको छ।

    यस्तै, प्रदेश सभा बैठकहरू युट्युबमा प्रत्यक्ष प्रसारण गर्ने काम, पुस्तकालय स्थापना, भिडिओ कन्फरेन्स सिस्टमको सुरूआत र प्रदेश सभा हल, मिडिया सेन्टर, सभामुखको कार्यकक्षमा डिस्प्ले जडान गर्ने काम सम्पन्न भएको सचिवालयले जानकारी दिएको छ।

    प्रदेश सभामा पाँच वटा विषयगत समिति गठन भएका छन्।

    विद्यायन तथा प्रदेश मामिला समिति, सामाजिक विका समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र कार्य व्यवस्था तथा परामर्श समिति गरी हालसम्म ४ सय १ पटक समितिका बैठक बसेका छन्।

    प्रदेश सभा सचिवालयले भौतिक पूर्वाधारको कमी, आवश्यकताअनुसार दरबन्दी स्वीकार नभएको, दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन नसकेको र अधिकांश कर्मचारीहरू संघमा समायोजन भई गएकाले काम कारबाही प्रभावित भएको विषयलाई आफ्ना मुख्य चुनौती मानेको छ।

    सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएका विधेयक
    १.प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६,
    २. प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,
    ३. रेडियो, एफ।एम। र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६,
    ४. आ।व। २०७७।७८ को विनियोजन विधेयक
    ५. सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७
    ६. सुदूरपश्चिम प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६
    ७. स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
    ८. सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
    ९. साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक २०७६
    १०. निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक २०७६
    ११. सुदूरपश्चिम प्रदेशको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५
    १२. प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५
    १३. कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
    १४. केही प्रदेश ऐन सशोधन गर्न बनेको विधेयक, २०७६
    १५. सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी विधेयक, २०७६
    १६. सुदूरपश्चिम प्रदेशमा सुशासनको प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    १७. सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    १८. सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक, २०७५
    १९. प्रादेशिक वातावरण संरक्षण विधेयक २०७५
    २०. प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    २१.प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६
    २२. प्रदेश सभा ९पहिलो संशोधन० नियमावली, २०७६
    २३. प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७५
    २४. प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्ने विधेयक, २०७६
    २५.आ।व २०७६।७७ को विनियोजन विधेयक
    २६. सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन ९पहिलो संशोधन०, २०७५
    २७. प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    २८. मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५
    २९. प्रदेश कर तथा गैरकर ऐन, २०७५
    ३०. स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको ऐन, २०७५
    ३१. मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५
    ३२. प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐन, २०७५
    ३३. प्रदेश आकस्मिक कोषको व्यवस्था गर्न बनेको विधेयक, २०७५
    ३४. विनियोजन विधेयक, २०७५
    ३५. अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५
    ३६. जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    ३७. गाउँ सभा, नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    ३८. स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    ३९. स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    ४०. सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
    ४१. विनियोजन विधेयक, २०७५ ९अल्पकालीन०
    ४२. प्रदेश नं। ७ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४

    सुदूरपश्चिम प्रदेश सभामा प्रक्रियामा रहेका विधेयक
    १. सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
    २. प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड

    June 15, 2021

    सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

    June 8, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.