स्याङजा ८ साउन । साहित्यकार मिलन समीरको नयाँ कृति ‘मिलन मन्त्र’ विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइला अन्तर्गत ‘समीर साँझ २०८१’ अर्थात् एकल मुक्तक वाचन का अवसरमा मिलन मन्त्र विमोचन तथा विमर्श गरिएको हो ।
स्याङ्जाका युवा साहित्यकार समीरको मिलन मन्त्र चौथो कृति हो भने मुक्तक विधाको पहिलो हो । समीरले आफ्नो जन्मदिनका साथै ४२ औं बिपी स्मृति दिवसको अवसर पारेर सो कृति बिमोचन गर्नुभएको हो ।
वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीले मिलन मन्त्र विमोचन गर्नु भएको हो । बिमोचनपछि बोल्दै साहित्यले मानव जीवन बुझाउने बताउनुभयो । साहित्यले जीवनका भोगाइसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने उहाले भन्नुभयो ।
साहित्यकार यामप्रकाश खनालले कृति माथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कृतिकार समीरले एक दर्जन जति मुक्तक वाचन गर्नुभयो भने सहभागीहरुले पनि आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।