Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सामुदायिक रेडियो आँधीखोला १७ औँ वर्ष प्रवेश
    वालिङ् नगरपालिका

    सामुदायिक रेडियो आँधीखोला १७ औँ वर्ष प्रवेश

    Syangja SandeshBy Syangja SandeshNovember 22, 2023Updated:November 22, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ मंसिर । स्याङ्जा जिल्लामै पहिलो आवाजको रुपमा गुञ्जिएको रेडियो आँधीखोला १०५.४ मेगाहर्ज १७औँ वर्षमा प्रवेश गरेको छ ।

    रेडियोको वार्शिकोत्सवका अवसरमा बुधबार रेडियो प्रांगणमा पुजापाठ तथा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । रेडियोको वार्शिकोत्सवका अवसरमा गह्रौँ प्राथामिक अस्पतालमा रहनुभएका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

    कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले आवाज विहिनहरुको आवाज बनिरहेको रेडियोको थप उन्नतिको कामना गर्नुभयो । आँधीखोला जिल्लामै पहिलो संचार संस्था भएकाले विगतदेखि नै संस्थाले समाजलाई सूसुचित बनाउँदै आईरहेको भन्दै परिर्वतित समयसंगै रेडियोलाई परिर्माजन गर्दै अगाडि बढ्नुपर्नेमा सांसद तिवारीको जोड छ । साथै रेडियो हरेक वर्ग र समुदायको सारथी बनेको भन्दै समाजलाई सहि मार्गमा हिंडाउन संचार क्षेत्रको भुमिका अतुलनिय रहेको सांसाद तिवारीको भनाई छ ।

    सांसद तिवारीले गह्रौँ प्राथामिक अस्पताललाई ५० शैयाको अस्पताल बनाईने भन्दै यसका लागी प्रदेश सरकारको तर्फबाट सहयोग रहेने बताउनुभयो । कार्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारीले रेडियोले विगतदेखि नै अनुकरणीय कार्य गर्दै आईरहेको भन्दै अझै पृथक तथा रचनात्मक कार्य मार्फत समाजलाई सुसूचित बनाउन आग्रह गर्नुभयोे ।

    कार्यक्रममा अस्पतालका प्रमुख डा. सुरज ढकालले रेडियोले समाजमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि थप प्रगतिका साथ अगाडि बढ्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

    संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डले ध्वनी तरंगका माध्यमबाट रेडियोले समाजका विकृति र विसंतिलाई उजागर गर्दै आवाज विहिनको आवाज बनिरहेको बताउनुभयो । अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य शान्ता थापा र धन्यवाद उपाध्यक्ष श्यामप्रसाद अर्यालले गर्नुभएको थियो ।

    फलफुल वितरण अगाडि विहान रेडियो प्रांगणमा विषेश पुजापाठ गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, निर्वतमान अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनी, संस्थापक अध्यक्ष रेशम कोईराला लगायत रेडियोका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । पुजा पंण्डित कृष्णप्रसाद बगालेले गराउनुभएको थियो ।

    विंस.२०६३ सालमा स्थापना भई २०६४ साल मंसिर ६ गतेदेखी प्रसारण शुरु गरेको आँधीखोला एफएम १७औ वर्षमा प्रवेश गरेको हो । आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो जिल्लाको मध्य भाग वालिङ ८ घ्याङलिङमा छ ।

    २०६२÷०६३ को जनआन्दोलन पछि जिल्लामा पहिलोपटक सञ्चार माध्यमको आवश्यकता महशुस गरी यहाँका राजनितिक दल, बुद्धिजिवि, समाजसेवी, नागरिक मिलेर आँधीखोला रेडियोको स्थापना गरिएको थियो । रेडियो अहिले ५०० वाटबाट दैनिक १८ घण्टा प्रसारणमा रहेको छ ।

    गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी दुई प्रदेशका १८ जिल्लामा सुन्न सकिने रेडियो विश्वभरी अनलाईनका माध्यमबाट समेत सुन्न सकिन्छ । अनलाईनबाट प्रत्यक्ष सुन्न र स्थानीय तथा प्रदेश र राष्ट्रिय समाचारहरु पढ्न समेत सकिने रेडियो हाम्रो पात्रो एपमा समेते सुन्न सकिने रेडियोका प्रबन्धक तोलाकान्त बगालेले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.