काठमाण्डौं, १ कात्तिक । नेपाल सरकारले साफ च्यापियनसिप फुटबलमा उपविजेता भएका खेलाडीहरूलाई जनही ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
खेलाडीको प्रोत्साहन स्वरूप उक्त रकम दिन लागिएको प्रवक्ता कार्कीले बताउनुभयो । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो । शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलोपटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।