Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » साफ उपाधिका लागि नेपाल भारतबीच प्रतिष्पर्धा हुने
    खेलकुद

    साफ उपाधिका लागि नेपाल भारतबीच प्रतिष्पर्धा हुने

    Syangja SandeshBy Syangja SandeshOctober 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    India vs Nepal in SAFF Suzuki Cup in Thiruvananthapuram, India, Sunday, December. 27, 2015. (Images.mv Photo/ Hussain Sinan).
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २९ असोज । माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ । लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सविरुद्ध ३–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको भारतले उपाधिका लागि नेपालसँग प्रतिष्पर्धा गर्ने भएको हो ।

    यसअघि नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम दुईमा स्थान बनाएको थियो । ८ औँ मिनेटको अग्रतालाई ८८ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गर्दा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाउने मौका पाएको हो ।  मालेस्थित राष्ट्रिय रंगशालामा दुबै टोली सुखद नतिजाका लागि प्रतिष्पर्धा गरेका थिए । गर वा मरको अवस्थामा रहेका दुबै टोलीले आक्रामक खेल देखाउँदै फाइनल यात्रा तय गर्न चाहन्थे । सोही क्रममा सुरुवाती दुई खेलमा बराबरी खेल्दै दबावमा परेको भारतले माल्दिभ्सलाई सजिलै हराएर बंगलादेशसँग बराबरी खेलेको नेपाल सँगको भेट पक्का गरेको हो । भारतको जितमा नेपाली मूलका खेलाडी भारतीय कप्तान सुनिल क्षेत्रीले दुई गोल गर्दा मानबिर सिंहको नाममा एक गोल रह्यो ।

    माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काएका थिए । रोमाञ्चक बनेको खेलको ३३ औँ मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा माल्दिभ्सका कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन रोमाञ्चक बनेको दोस्रो हाफमा भारतले दबाव दिएर खेल्यो । कप्तान सुनिल चम्किए । खेलको ६२ औँ मिनेटमा सुनिलले टोलीका लागि दोस्रो गोल थप्दा ७१ औँ मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–१ को जित दिलाए । माल्दिभ्सविरुद्धको दुई गोलसँगै सुनिलले भारतका लागि ७९ औँ गोल पनि पूरा गरेका छन् ।

    अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ । फाइनल खेल आइतवार नेपाली समय अनुसार ८ः४५ बजे हुनेछ । भारत समूह विजेताको रुपमा फाइनल पुग्दा नेपाल भने उपविजेताको रुपमा अन्तिम दुईमा प्रवेश गरेको छ । १३ औँ संस्करणको साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो भने सर्वाधिक सफल टोली भारतले ८ औँ उपाधिका लागि प्रतिष्पर्धा गर्न लागेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    स्याङ्जाका दिदीभाईले जिते स्वर्ण र रजत, न्युजेनका खेलाडीलाई ४ स्वर्ण सहित ७पदक

    August 13, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.