Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 19
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सातादिनमै स्याङ्जामा १० को मृत्य, ७ घाईते, करोडौंको क्षति
    समाचार

    सातादिनमै स्याङ्जामा १० को मृत्य, ७ घाईते, करोडौंको क्षति

    यसपटक स्याङ्जा मनसुनजन्य विपदको उच्च जोखिममा रहेको भन्दै विपद ब्यवस्थापन समितिले उच्च सतर्कता अपनाउन सूचित गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 9, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ असार । यसपटक स्याङ्जा मनसुनजन्य विपदको उच्च जोखिममा रहेको भन्दै विपद ब्यवस्थापन समितिले उच्च सतर्कता अपनाउन सूचित गरेको छ ।

    प्रदेशका ११ जिल्ला मध्ये स्याङ्जा उच्च जोखिममा रहेको बताइएको छ। अघिल्ला बर्षहरुका तुलनामा यसबर्ष स्याङ्जामा अत्याधिक बर्षा भएको छ। बर्षा सुरु भएसंगै जिल्लामा मानवीय एवं भौतिक क्षतिका धेरै घटनामा पनि बृद्धि भएका छन ।

    एकसाताभित्रमा जिल्लामा १० जनाको ज्यान गैसकेको छ भने ७ जना घाईते छन्। करोडौं मूल्य बराबरका धनजनको क्षति भएको छ ।
    बाढी पहिरोमा परेर ज्यान जानेमा विरुवा गाउपालिकाका ३, फेदिखोला गाउपालिकाका २, आँधीखोला गाउँपालिकाका २, भीरकोट नगरपालिकाका २ र पुतलीबजार नगरपालिकाका एक जना छन ।

    विरुवा गाउपालिकामा ५ जना र आँधीखोला गाउपालिकाका २ जना घाईते छन्। भीरकोट, गल्याङ् नगरपालिका सहित आँधीखोला गाउँपालिकाका बस्ती नै जोखिममा छन । कयौं घरहरु बाढी पहिराका चपेटामा परेका छन ।

    विपद ब्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरुलाई विपदबाट भएका धनजनको जानकारी गराउदै सहायक प्रजिअ दिपक पौडेलले ती मानवीय क्षतिसंगै ६ वटा घर पूर्णरुपमा र ५ वटा घर जोखिममा रहेको जानकारी गराउनुभयो । यसैगरी, ८ वटा पशुचौपाया ( भैसी, बाख्रा) मरेका, २ वटा गोरु बगेर बेपत्ता भएको र एउटा भैसी घाईते भएको जानकारी दिनुभयो ।

    बर्षात् र पहिराका कारण दर्जनभन्दा धेरै स्थानमा सिद्धार्थ राजमार्ग अवरुद्ध बने। खाल्डाखुल्डी र केही स्थानमा राजमार्ग चिरा पर्नुका साथै भासिए पनि। स्थानीय पालिका र सडक कार्यालयका डोजरले तत्कालका लागि पहिरो पन्छाउने काम गरे पनि राजमार्ग अन्र्तगत सडक खण्डका कयौं स्थानमा भएका खाल्डाखुल्डीले आवतजावतमा भने निकै कठिनाई पार्दै आएको छ ।

    राजमार्गका छेउछाउबाट ठूला सानागरी दर्जनौं ठाउँमा खसेका बाढी पहिरालाई स्थानीय पालिकाले खुलाउने क्रम पनि जारी छ। आँधीखोला किनारका सयौं रोपनी धान खेत बगरमा परिणत भएका छन । धानखेतमा बाढी पस्दा सयौं हेक्टरमा रोपिएका धानवाली नष्ट भएका छन ।

    सबैभन्दा पहिला मानवीय सेवा गर्नु पर्ने जनाउदै विपदका समयमा खाद्यान्न, खानेपानी, स्वास्थ्योपचार, बिजुलीबत्ती, इन्टरनेट जस्ता बस्तु तथा उपकरणको ब्यवस्थापन मिलाउन समेत प्रम्ख जिल्ला अधिकारी सुनिता नेपालले सरोकारवाला सबैलाई सुझाव दिनुभयो ।
    जोखिमपूर्ण घर पहिचानगरी सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाउन सबै पालिकाहरुले तयारी गर्नुपर्ने उनको भनाई छ । विपत्तीका बेला सबैले आ आफना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दैै तोकिएको भन्दा बढी मूल्य लिनेलाई कालोबजारीमा मुद्धा लगाईने बताउनुभयो ।

    पुतलीबजार नगरपालिकामा मानवीयसंगै घर गोठ, सडक, जमिनमा क्षति पुगेको उपप्रमुख देवी अर्यालको भनाई छ । सिद्धार्थ राजमार्ग सहित लगायत भित्री सडकमा बाढीपहिराले असर पारेको जनाउदै प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेको र स्थानीय डोजर लगायत उपकरण पठाएर बाढी पन्छाउनुका साथै आवश्यक सहयोगका काम भैरहेको जानकारी दिनुभयो ।

    बैठकका सुरक्षा निकाय प्रमुखहरु, नागरिक समाज, स्वास्थ्य तथा अस्पताल प्रमुख, उद्योग वाणिज्य संघ स्याङजा, च्याम्बर अफ कमर्श, उपभोक्ता मंच, गैरसरकारी संस्था महासंघ, रेडक्रस लगायतले आ आफना क्षेत्रबाट हुने आवश्यककीय सहयोग गर्ने प्रतिवद्धता जनाउनुका साथै सल्लाह सुझाव दिएका थिए ।


    बर्षातको समय अझै बाँकी रहेकाले आउदा दिनमा क्षति न्यूनिकरणका लागि सहयोग एवं सहकार्य गर्ने सहभागीका भनाई छन ।
    करिब एक महिनाअघि स्याङ्जा प्रशासनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएकोे छ । मनसुनजन्य विपद् प्रभावितलाई तथा राहत दिने उदेश्यले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको हो ।


    विपत्तीका बेला तत्काल सहयोग तथा राहत उपलब्ध गराउन सहज बनाउन सकिने भन्दै जिल्लाका ११ वटा स्थानीय पालिकामा पनि विपद् सहायता कक्षहरु स्थापना गर्न सुझाइएको छ । आफुलाई प्राप्त सूचना तत्काल सार्वजनिक गर्न समेत समितिको आग्रह छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.