स्याङ्जा ९ पुस । कबि तथा गीतकार सागर बाबु (बुद्धिसागर लामिछानेद्धारा) संग्रहित जिन्दगीको रीत नामक गीतगजल संग्रहको शनिवार स्याङ्जामा लोकार्पण गरिएको छ ।
स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजना तथा लक्ष्मी स्मृती पुस्तकालय, स्याङ्जा रेडियो र टेलिभिजनको समन्वयमा गीतगजल संग्रह लोकार्पण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, स्याङ्जा साहित्य प्रतिष्ठानका सभापति विश्वप्रेम अधिकारी, पुतलीबजार नगर कार्यवाहक प्रमुख मनोज पौडेलले संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो ।
लोकार्पण कार्यक्रमका प्रमुख अतिर्थी समेत रहेका प्रमुख जिटीले सागर बाबु निजामति सेवामा क्रियाशिल रहेर पनि कला र संस्कृतिप्रति देखाउने भएको उहाको प्रतिभा र सृजनाले स्याङ्जामा थप आयाम थपेको बताउनुभयो । बाबुका सृजनालाई निरन्तरता दिन समेत उहाले सुझाव दिनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका कार्यवाहक प्रमुख मनोज पौडेल, लक्ष्मी स्मृति पुस्तकालय, स्याङ्जा रेडियो एवं टेलिभिजनका अध्यक्ष धु्रवबन्धु पौडेल लगायतले शुभकामना सहित धन्यवाद ब्यक्त गर्नुभयोे ।
सोही कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक प्रमोद पंगेनीले कृतिमाथि समिक्षा र कृतीकार सागर बाबु (बुद्धिसागर लामिछाने) ले कृतिको सृजनाका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
स्याङ्जा साहित्य प्रतिष्ठानका सभापति विश्वप्रेम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन साहित्यप्रेमी अनन्तकुमार श्रेष्ठले गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिका वडा नं. ११ मा जन्मनु भएका बुद्धिसागर लामिछाने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका वहालवाला सहसचिव हुनुहुन्छ । गीत गजलसं्रहमा गीत र गजलखण्डगरी ८८ पेजको पुस्तक छ ।
संग्रहमा ४६ वटा गीत र १७ वटा गजल समावेश गरिएका छन्। बुद्धिसागर लामिछानेले सागर बाबुको नामबाट साहित्य क्षेत्रमा कलम चलाउदै आउनु भएको छ । यसअघि पनि उहाका गिती एल्बम सार्वजनिक भैसकेको छ।