स्याङजा २१ साउन । संबिधानसभा एवं स्याङजा कांग्रेस सभापति कमलप्रसाद पंगेनीको असामयिक निधनको तेस्रो बर्ष पुरा भएको छ । उहाको ह्दयघातका कारण साउन २० गते भीरकोटमै निधन भएको थियो ।
पंगेनीको तेस्रो स्मृति दिवस पारेर नेपाल बिद्यार्थी संघ स्याङ्जाले अक्षयकोष स्थापना गरेको छ ।
साविकको खिलुङदेउराली हाल भीरकोट नगरपालिकामा जन्मनु भएका उहाको माध्यमिक तहको पढाई पनि नगरपालिका २ स्थित दहथुम माध्यमिक बिद्यालयमै पुरा भएको थियो । त्यसपछि उहाँ उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानुभयो ।
पंगेनीले सोही बिद्यालयमा अध्ययन गर्ने क्रममा नेपाली कांग्रेस नीति रुचाएपछि नेपाल बिद्यार्थी संघको सदस्य बन्नु भएको थियो । उहालाई अध्ययन गराउने उहाँका गुरु एवं पूर्व सांसद, कांग्रेसका पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीबाट सदस्यता लिनु भयो ।
त्यसपछि उहाँ निरन्तर नेपाल बिद्यार्थी सघका पक्षमा काम गर्दे जानुभयो । केन्द्रिय सदस्य बन्नुभयो । कुशल संगठक, नम्र र असाधारण ब्यक्तित्वका धनी पंगेनीले राजनीतिमा आफनो प्रभाव पार्न सफल हुनुभयो । सबैसंगै नम्र ब्यवहार गर्ने, समस्यामा सहयोग गर्ने र सबैसंग समान ब्यवहार गर्ने उनी सबैका प्रिय बन्नुभयो । जिल्लादेखि केन्द्रसम्मको पहुँच बनाउन सफल हुनुभयो ।
नेपाली काङ्ग्रेशको जिल्ला सभापति हुदै २०७० सालमा संविधानसभाको सदस्यमा निर्वाचित हुनुभयो । जिल्लामा बिकासका गति बढेका थिए । कांग्रेसको संगठन पनि बलियोे थियो । तर, उहाँको अकल्पनीय निधनले सिंगो कांग्रेस परिवारलाई अपुरणीय क्षति पुगेको छ ।
जुन बिद्यालयबाट उहाले राजनीतिक आयाम सुरु गर्नुभयो । सोही बिद्यालयलाई नेपाल बिद्यार्थी संघ स्याङजाले स्मरण गर्दे अक्षय कोषको स्थापनाको सुरुवात गरेको छ ।
बिद्यार्थीको अभियानलाई संविधानसभा सदस्य राजु थापाले ५ हजार, भीरकोट नगर सभापति तोयानाथ अर्यालले ५ हजार, कांग्रेस महाधिवेशन प्रतिनिधी गोविन्दकुमार कर्माचार्यबाट ५ हजार ५ सय र नेपाल बिद्यार्थी संघले ५ हजारगरी २० हजार ५ सय रुपैयाको को अक्षयकोषको स्थापना गरिएको नेविसंघका जिल्ला सभापति अजित क्षत्रीले जानकारी दिनुभयो ।
‘स्वर्गिय पंगेनी जय नेपाल छात्रवृत्ति अक्षयकोषको स्थापना गर्नेगरी बिद्यालयलाई रकम हस्तारन्तरण गरेको हौं।’ सभापति क्षत्रीले भन्नुभयो, ‘अक्षयकोषको मुलधनबाट आउने ब्याजबाट गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति दिईनेछ ।’
स्मृतीसभा एवं अक्षयकोष हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी गोविन्दकुमार कर्माचार्य, दहथुम मावीका प्रधानाध्यापक वेदप्रसाद अर्याल, नेपाल बिद्यार्थी संघ क्षत्रिय सभापति विश्वास लम्साल , पूर्व क्षत्रीय सचिव हिमप्रसाद गुरुङ, भिरकोट सभापति लक्ष्मण अधिकारी, नेविसंघ सदस्य होमप्रकाश गुरुङ लगायतले स्वर्गिय पंगेनीले देखाउनु भएको राजनीति र बिकास निर्माणका मार्ग दर्शनलाई आत्मसात गर्दे अघि बढेमा नेपाली कांग्रेस सबैको लोकप्रिय बन्न सक्नेमा जोड दिनुभयो ।
नेविसंघ जिल्ला सभापति अजित क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यmमको संचालन क्षत्रीय सचिव एसिव शरण महतले स्वागत एवं जिल्ला कोषाध्यक्ष धुव्र पंगेनीले संचालन गर्नुभएको थियो ।
Sunday, December 14
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
