स्याङ्जा २९ साउन ःपुतलीबजार नगरपालिका ३ स्थित सहयात्री को अपरेटिभ लिमिटेड स्याङ्जाको ११ औं बार्षिकोत्सव अवसर पारेर सपिङ ब्याग अर्थात ( किनमेल गर्ने झोला) बितरण गरेको छ ।
‘सफा पुतलीबजार राख्न, हाम्रो सानो प्रयत्न’ भन्ने नारा लेखिएको झोला बितरण गरिएको हो । सहकारीका अध्यक्ष अज्योद्धा शाक्यले पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीलाई सो झोला हस्तान्तरण गरेर बितरण कार्य शुभारम्भ गर्नुभएको छ ।
झोला ग्रहण गर्दै नगरप्रमुख रेग्मीले सहयात्रीले स्थापनाकालदेखि गर्दै आएको रचनात्मक कार्यको प्रशंसा गर्दै नगरपालिकाको शोैन्दर्यता बढाउनका लागि गरेको पहलको धन्यवाद दिनुभयो ।
प्लाष्टिकमुक्त बनाउने अभियानलाई सहयोग गर्न नगरवासी र सहयात्रीसंग सहकार्य गर्दे सफा पुतलीबजार निर्माणका लागि अघि बढ्ने उहाले बताउनुभयो ।
कार्यक्रममा वातावरण तथा सरसफाई शाखा प्रमुख धनप्रसाद कोइराला, सहकारी शाखा प्रमुख बिष्णु ढकाल, प्रेम थापा, सब इन्जिनियर अरुण पौडेल, वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ लगायतले स्वच्छ र सफा पुतलीबजार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नगरपालिकाले नगरभित्रका १२ हजार घरधुरीमा र सहकारीले ५ हजार घरधुरीमा यस्ता झोला बितरण गर्ने लक्ष्य रहेकोे संस्थाका कोषाध्यक्ष श्री बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष अज्योद्धा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संचालन सचिव मनोज मल्लले गर्नु भएको थियो ।
विस २०६९ सालमा स्थापित सहकारीमा २०२० शेयर सदस्य छन् भने सहकारीले बिभिन्न समयमा बिभिन्न प्रकारका मानवीय, आर्थिक तथा जिन्सी सहयोग गर्दे आएको छ । सहकारीले दृष्टिबिहिनहरुका लागि सेतो छडि, चम्पागिरि आश्रममा आर्थिक सहयोग, जिल्ला अस्पताल स्याङ्जामा फलफुल बितरण, पानीका जार बितरण, दिशानिर्देश बोर्ड सहयोग, २०७२ सालको भुकम्पमा गोर्खाको बारपाक लगायत पुतलीबजारका विभिन्न वडाहरुमा भुकम्प पिडितहरुका लागि कपडा, खाद्यान्न, जस्तापाता सहयोग, रामनदि बृद्दाश्रममा आर्थिक तथा खाध्धन्न सहयोग, अमोर सेवा नेपाल (बालगृहमा) खाध्धान्न सहयोग, बाल बचतकर्ताहरुका लागि निशुल्क झोला बितरण, निशुल्क दन्त तथा स्वास्थ्य शिबिर, कोभिड १९ पहिलो संक्रमणको बेलामा पुतलिबजार नगरपालिका मार्फत खाध्धन्न बितरण, कोभिड–१९ दोस्रो संक्रमणमा सर्बसाधारणमा निशुल्क मास्क बितरण लगायतका सामाजिक उत्तरदायित्व अन्र्तगतका काम गरेको जनाइएको छ।