स्याङ्जा २० चैत । स्याङ्जा सदरमुकाम स्थित पुरानो सहकारी रोयल बचत तथा ऋण सकारी संस्थाले आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
पुतलीबजार नगरपालिका १४ लामागेस्थित पाणिनी (गुरुकुल) आश्रमलाई सहकारीले आर्थिक सहयोग गरेको हो । ‘६६ औं राष्ट्रिय सहकारी दिवस–२०७९’ को अवसर पारेर सहकारीले आश्रमलाई नगद सहयोग गरेको सहकारीले जनाएको छ ।
आर्थिक समस्याले आश्रममा अध्ययनरत विद्यार्थीलाई असहज भएको बेला संस्थाले १८ हजार १ सय रुपैयाँ सहयोग गरेको सहकारीका प्रबन्धक शान्ति ढकाल अर्यालले जानकारी दिनुभयो ।
सहकारी दिवसमा आश्रमलाई सानै सहयोग भएपनि महत्वपूर्ण हुने भएकाले नगद सहयोग गरिएको सहकारीले जनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत आश्रमलाई सहयोग प्रदान गरेको हो । सहकारीले विभिन्न अवसरमा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
कक्षा ८ सम्म पठनपाठन हुने (गुरुकुल) आश्रममा १४ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । स्थानीयबासीको सहयोगबाट आश्रम संचालन हुर्दै आएको आश्रम संचालक समितिका सचिव रविन के.सी.ले बताए । झण्डै १२ रोपनी जग्गामा बनेकोको आश्रम करिब १ दर्शकदेखि संचालनमा छ ।
रोयल सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रमको संचालन सहकारीका सचिव प्रकाश डोटेलले गर्नुभएको थियो भने स्वागत संचालक रामप्रसाद लम्सालले गर्नुभएको थियो । आश्रमका बारेमा आश्रमका कार्यबहाक अध्यक्ष चुडामणी शर्माले जानकारी गराउनु भएको थियो ।
२०५६ सालमा स्थापित सहकारीले जिल्लाभर बचत तथा ऋणको कारोबार गर्दै आएको छ । करिब १ हजार ५ सय शेयर सदस्यहरुले कारोबार गर्दै आएको सहकारी जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा संचालन गर्दैै आएका छन् ।