Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 21
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सवारी साधन नविकरण शुल्कमा बढाईएको रकम हटाउन सांसद मल्लको माग
    पुतलीबजार नगरपालिका

    सवारी साधन नविकरण शुल्कमा बढाईएको रकम हटाउन सांसद मल्लको माग

    Bhawani AdhikariBy Bhawani AdhikariJuly 2, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १८ असार । गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सवारी साधनमा प्रदेश सरकारले बढाएको कर शुल्क हटाउन माग गर्नुभएको छ। आन्तरिक मामिला मन्त्री दोबाटेसंगै स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा शुक्रवार सहभागी हुनुभएका सांसद मल्लले बढाईएको शुल्क तत्काल हटाउनु पर्ने बताउनुभएको हो।

    प्रदेश आन्तरिक मामिला मन्त्रालयद्धारा आयोजित ट्राफिक ब्यवस्थापन सुदृढीकरण सम्बन्धी कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मल्लले नविकरण शुल्कमा बढाईएको रकम फिर्ता हुनुपर्ने उहाँको भनाई छ। आर्थिक समस्याका बेला सरकारले साना तथा ठूला सवारी साधनमा नविकरण शुल्क बढाएको निर्णय पुर्नविचार गर्न उहाँको आग्रह छ।

    ‘२९ सय सीसीसम्मका सवारी साधनको नविकरणका लागि वार्षिक १ हजार र ३ हजार सीसी माथिका सवारी साधन नविकरणका लागि वार्षिक १० हजार रुपैयाँ बढाउने निर्णय भएको छ।’ यसतर्फ मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्रीलाई भेटेरै घटाउन भनेको पनि स्मरण गराउनुभयो। २९ सय सीसीका केही साना र ३ हजार सीसी माथिका ठूला र महंगा (बस, मिनी बस, ट्र्क) लगायतका सवारी साधनहरु यस अन्तर्गत पर्ने बताइएको छ।

    उहाँले भन्नुभयो, ‘सवारी साधानको जाँचपास कार्य ६–६ महिनामै हुने ब्यवस्था यसअघि देखि नै छ। तर, यसलाई नविकरण भन्दै गलत ब्याख्या गरियो। जाँचपासका लागिे ५ सय रुपैंया लाग्नेमा अब, न्यूनतम शुल्क लिन पनि हाम्रो सुझाव छ।’
    स्याङ्जामा अटो चालकका समस्यालाई सुक्ष्म तरिकाले अध्ययन गरिरहेको जनाउदै लाइसेन्स, बिमा र सडक अनुमतिका लागि स्थानीय पालिकासंग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो।

    कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जि.टी., वालिङ् नगरप्रमुख कृष्ण खाँण, आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, आन्तरिक मामिला मन्त्रालयका शाखा अधिकृत शिल लम्साल लगायतले सवारी तथा यातायात ब्यवस्था ऐन एवं नियमावलीको पूर्णतः कार्यान्वयन गर्दे ट्राफिक सुरक्षासम्बन्धी जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिनुभयो।

    आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले मन्त्रालयबाट ट्राफिक ब्यवस्थापनमा भए गरेका कार्यका बारेमा र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले प्रदेशको ट्राफिक ब्यवस्थापनको अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.