काठमाण्डौं १५ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिनु भएको छ ।
महिलातर्फको सय मिटर दौडमा आज बिहान भएको प्रतिस्पर्धामा सरस्वतीले १२ दशमलव ९१ सेकेडमा रेस पूरा गर्नुभएको थियो । प्रतिस्पर्धामा
उहाले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन समेत गर्न सक्नुभएन । सरस्वतीको उत्कृष्ट समय १२ दशमलव ५५ सेकेण्डको थियो ।
यो विधामा नेपालको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा १२ दशमलव २० सेकेन्डको रहेको छ । टोकियो ओलम्पिकको महिला सय मिटर दौडमा सरस्वती दोस्रो हिटका ९ खेलाडीमध्ये आठौं स्थानमा रहनु भएको छ ।