Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, June 4
    Trending
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » समृद्ध मुलुक बनाउन स्थिर सरकार चाहिन्छ — मन्त्री गुरुङ्
    गण्डकी प्रदेश

    समृद्ध मुलुक बनाउन स्थिर सरकार चाहिन्छ — मन्त्री गुरुङ्

    Syangja SandeshBy Syangja SandeshApril 19, 2023No Comments10 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ बैशाख । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले मुलुकको समृद्धिका लागि स्थिर सरकारको आवश्यकता औल्याउनुभयो ।

    आफुले मन्त्रालय सम्हालेको सय दिन पुरा गरेपछिको अनुभव सुनाउदै उहाँले पहिला मानसिक विकास अनि भौतिक विकासमा जुट्नुपर्ने बताउनुभयो ।पुस २५ गते नेकपा एमालेतर्फका मुख्यमन्त्री खगराज अधिकारीसंगै राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फबाट गृह जिल्ला स्याङ्जा भएका गुरुङ् मन्त्रीपरिषद सदस्य बन्ने अवसर पाउनु भएको हो ।

    उहाँले मन्त्रालय सम्हालेको मंगलबार सय दिन पुरा गरेको छ । सोही अवसर पारेर उहाले सयदिनमा भए गरेका उपलब्धी तथा आगामी दिनका कार्ययोजनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभयो ।


    सम्मेलनमा बोल्दै उहाँले राजनीतिकर्मीलाई पार्टीका कार्यकर्ता नभई आमजनता बनेर विकासका लागि हातेमालो गर्न सुझाव दिनुभयो । सबैको साथ र सहयोगले मात्र समुन्नत नेपाल बनाउन सकिने बताउदै उहाँले आर्थिक, सामाजिक, राजनैतिक सबै खालका बिषयमा सामानान्तर दृष्टिकोण बनाएर राजनीतिकर्मी, कर्मचारी र आमनागरिकले काम गर्नुपर्नेमा जोड दिनुभयो ।


    गण्डकी प्रदेश सरकार अन्र्तगतको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सम्हालेपछि भए गरेका उपलब्धी तथा केही योजनालाई मन्त्री गुरुङ्द्धारा मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक प्रेस विज्ञप्ति जस्ताको तेस्तै —


    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पोखरा


    (माननीय मन्त्री पञ्चराम गुरुङज्यूको १०० दिनको कार्यकालको उपलब्धि विवरण)
    विकास एउटा प्रक्रिया जसले निरन्तरतामा पूर्णता पाउँछ । जसरि गर्भमा रहेको बच्चा तीन महिनामा नै पूर्ण हुदैन तर बिकसित हुने प्रक्रिया पनि त रोकिदैन । त्यसैले बिकासले निकास पाउनको लागि निरन्तर अभ्यासको जरुरि हुन्छ । हामीले धेरै सुन्ने गरेका छौ १०० दिन भनेको हनिमुन समय हो भनेर तर म भन्छु यो समयलाई मध्यनजर गरि बिकासको जग बसाल्ने एक घडी हो । जसको प्रक्रिया सुरु गर्ने एक समय हो ।


    प्रिय पत्रकार मित्रहरु !


    यहाँहरु सरकार र जनता बीचको सम्बन्धलाई सूचना तथा जानकारीको माध्यमबाट सचेत गराउने बलियो पुलको आधार हुनुहुन्छ । बिडम्बना लाग्छ जो वर्ग अथवा जनतालाई लक्षित गरि बनाइएका कार्ययोजना छन् उनीहरु मन्त्रालयको गेट भित्रसम्म पनि आइपुग्न कठिन छ। सरकार र जनता बीच कहिँ कतै ठुलो दुरी रहेको महसुस गरेको छु । संगसंगै त्यो दुरी मेटाउनको लागि अथवा भनौ जनता र सरकारलाइ जोड्नको लागी महत्त्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।
    आजको यस पत्रकार सम्मेलनबाट छोटो अवधिको प्रयास र सम्पन्न गरिएका कार्य तथा चालु कार्यक्रमहरु जनता माझ पु¥याईलाभान्वित बनाउनुहुनेछ भन्ने बिश्वास लिएको छु ।
    अब म मेरो १०० दिनको कार्य अवधिमा मन्त्रालयले सम्पादन गरेका कार्यहरुकोउपलव्धी प्रस्तुत गर्दछु ः


    (क) सामाजिक विकास तर्फ
    बाल प्रतिभा पहिचान अन्तर्गत प्रदेशस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सञ्चालन गरी २० जना बालबालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको,
    विभिन्न संस्थाहरु मार्फत् अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रम सञ्चालन गरिएको,
    बौद्धिक अपाङ्गता भएका व्यक्ति वा तिनका परिवारका लागि सिपमूलक तालिम सञ्चालन (मखमलको जुत्ता बनाउने तालिम २० जना, बटारेको अगरधुप बनाउने तालिम २० जनालाई) गरिएको,
    अटिजम भएका बालबालिकाहरुलाई स्याहार गर्ने संस्थाहरुलाई सञ्चालन अनुदान अन्तर्गत बालबालिकाहरुको दैनिक जीवनयापनमा सहयोग पु¥याउन सामग्रीहरु प्रदानगरिएको,
    प्रादेशिक लैङ्गिक समानता नीतिको मसौदा तयार गरिएको,
    हिंसा पीडितहरुको लागि अल्पकालिन सेवा सहितको जिल्ला सेवा केन्द्रहरुको लागि सञ्चालन कार्यविधि, २०७९ तर्जुमा गरिएको,
    प्रादेशिक पुनर्स्थापना केन्द्र सञ्चालन मापदण्डको मस्यौदा तयार गरिएको
    जिल्ला स्थित सामाजिक विकास कार्यालयहरु मार्फत महिलाहरुका लागि प्रतियोगितात्मक परीक्षा तयारी कक्षा सञ्चालनगरी ९० जना महिलाहरु लाभान्वित भएका छन्,
    अपाङ्गता समावेशी विकासका लागि ८५ वटै स्थानीय तहका जनप्रतिनिधिहरुसँग परामर्श कार्यशाला (राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश मार्फत) गरिएको,
    १० वटा ज्येष्ठ नागरिक आश्रमहरुलाई सञ्चालन अनुदान उपलब्ध गरिएको,
    ३० वटा आमा समूहहरुलाई सुदृढिकरण वापतको रकम उपलब्ध गराइएको ।


    (ख) शिक्षा तर्फ
    त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिबाट कार्यक्रम विकास भई कार्यान्वयनका लागि ५० प्रतिशत बजेट निकासा गरिएको ।
    शहिदपार्क स्थापना एवं स्तरोन्नतिका लागि ४ वटा संस्थासँग सम्झौता भई कार्यक्रम कार्यान्वयन भईरहेको,
    नवसाक्षरहरुका लागि प्रविधिमैत्री साक्षरताका ३६ वटा कक्षाहरु सञ्चालन भईरहेका,
    भारतको अयोध्याधाममा स्थापना हुने रामलिला प्रतिमा निर्माणका लागि कालिगण्डकी आसपास क्षेत्रबाट उपहारस्वरुप दुई थान शिला अयोध्याधामलाई दिने गरी जनकपुर धामलाई प्रदान गरिएको,
    माध्यमिक तह (कक्षा ९–१०) को ऐच्छिक विषयको पाठ्यक्रम तथापाठ्यसामग्री मसौदा निर्माण कार्यदलगठन भई कार्य आरम्भ भएको,
    स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (त्भ्ख्त्) सम्बन्धी सञ्जाल गठनका लागि ८५ वटै स्थानीय तहका उपप्रमुख÷उपाध्यक्ष, शिक्षा प्रमुख र रोजगार संयोजकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको,
    कोभिड१९ बाट अभिभावक गुमाएका बालबालिकाहरुलाई कोभिड छात्रवृत्ति तथा राहत अनुदान प्रदान गरिएको,
    शिक्षा क्षेत्रको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ निर्माण गरिएको,
    कक्षा १० को क्भ्भ् परीक्षा व्यवस्थापन एवं शान्तिपूर्ण रुपमा सम्पन्न गरिएको,
    शिक्षक तथा विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको ।


    (ग) युवा तथा खेलकुद तर्फ
    “एक स्थानीय तह, एक खेलमैदान” अन्तर्गत १५ वटा खेलमैदानका लागि सम्झौता सम्पन्न,
    प्रदेश सरकारको स्रोतबाट १५० र नेपाल सरकारबाट प्राप्त ससर्त बजेटबाट १५ वटा गरी जम्मा १६५ वटा खेल पूर्वाधार मध्ये ४० वटा निर्माण सम्पन्न,१०५ वटासँग सम्झौता सम्पन्न र ४५ वटालाई सम्झौताका लागि सूचना गरिएको,
    मुस्ताङ जिल्लामा अन्तराष्ट्रियस्तरको उच्च उचाइ खेलमैदान निर्माणका लागि जग्गाको नयाँ नाप नक्सासहित विस्तृत डिजाइन निर्माण कार्य भइरहेको,
    युनाइटेड अरब इमिरेट्स (ग्ब्भ्) को आयोजनामा सम्पन्न भएको क्ष्ऋऋग्–ज्ञढ क्रिकेट एशिया छनौट प्रतियोगिता २०२३ मा च्याम्पियन बन्दै नेपाललाई सन् २०२४ मा श्रींलकामा हुन गईरहेको ग्–ज्ञढ विश्वकप क्रिकेट प्रतियोगितामा छनौट गराउन खेलाडीको रुपमा टोलीमा सम्मिलित गण्डकी प्रदेशका ३ जना र आई.सी.सी. (क्ष्ऋऋ) को आयोजनामा किर्तिपुरमा संचालित ऋध्ऋी–द्द एक दिवसिय प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाउन खेलाडीको रुपमा पुर्याउनु भएको अतुलनिय योगदानको कदर गर्दै १ जना गरी जम्मा ४ जना खेलाडीलाई जनही ५० हजार नगद र प्रशंसापत्र सहित पुरस्कृत गरिएको,
    प्रदेश सरकार मातहतका कार्यालय र स्थानिय तह मार्फत दुई वर्षसम्म १३६ जना प्रदेश विकास स्वयंसेवकलाई परिचालन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत हाल ६१ जना प्रदेश विकास स्वयंसेवक परिचालन भइरहेका छन् भने ७५ जनाका लागि रिक्त पदहरुमा माग बमोजिम नयाँ स्वयंसेवक भर्ना कार्य अगाडि बढेको,
    लागु औषध दुव्यर्सनीमा लागेका युवाहरुको लागि प्रशिक्षण÷परामर्श÷पौष्टिक आहारवितरण कार्यक्रम कार्यान्वयनको चरणमा रहेको,
    युवा उद्यम तथा स्वरोजगार कार्यक्रम अन्तर्गत ९८ वटा युवा उद्यमीहरुलाई उद्यमशीलता विकास गर्न अनुदान उपलव्ध गराउन सम्झौता भईसकेको र हाल भुक्तानीको प्रक्रियामा रहेको,
    युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत ८५ वटा स्थानिय तहहरुलाई स्व–मूल्याङ्कनका लागि पत्राचार गरिएको,
    जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुको नियुक्ति गरिएको,
    मुख्यमन्त्री कप भलिबल प्रतियोगिता स्याङ्गजाको वालिङमा सम्पन्न गरिएको,
    विभिन्न प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सञ्चालनगरिएको ।


    (घ) प्रशासन तथा योजना तर्फः
    गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान नियमावली, २०७९ स्वीकृत भएको,
    गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान आर्थिक प्रशासन नियमावली, २०७९ स्वीकृत भएको,
    गण्डकी विश्वविद्यालयको तेरिज सहितको दरबन्दी स्वीकृत भएको,
    गण्डकी प्रज्ञा प्रतिष्ठान नियमावली, २०७९ स्वीकृत भएको।


    (ङ) गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (न्त्भ्ख्त्ब्) तर्फ
    भगत सर्वजित सिप विकास कार्यक्रम अन्तर्गत दलित समुदायका उद्यमीहरूलाई ३२ थान आरन र २७ थान सिलाई मेशिन वितरण गरिएको छ भने नौमती बाजा बितरणका लागि टेण्डर आह्वान गरिएको छ,
    तालिम तर्फ हाते ट्याक्टरमर्मत विषयमा २८ जना र अटोमोबाइल्स तथा मोटरसाइकल मर्मत विषयमा ४५ जनालाई तालिम प्रदान गरिएको,
    भौतिक पूर्वाधार निर्माणका लागि म्एच्तयारीको सिलसिलामा ःबकतभचउबिलअन्तिम चरणमा रहेको,
    कोरियन सरकार अन्तर्गतको प्इक्ष्ऋब् सँग भौतिक संरचना निर्माणको लागि एचयवभअतम्भखभयिऊभलतःबतचष्हतयार भएको । करिब १ अर्ब ३० करोड को लगानीमा प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माण कार्य अगाडी बढाइएको,
    प्रतिष्ठानको तेस्रो साधारण सभा सम्पन्न गरिएको ।
    गण्डकी प्रदेश विज्ञान प्रविधि प्रतिष्ठानतर्फ
    १. वैज्ञानिकलाई अनुसन्धान तथा विकास अनुदान प्रदान गरिएको,
    २.थेसिस फेलोशिप तथा अनुसन्धानका लागि अनुदानप्रदान गरिएको,
    ३.अनुसन्धान इकाई स्थापना गरिएको,
    ४.१२ जना विद्यार्थीलाई अनुसन्धान तथा कार्यालयको नियमित कार्यमा इन्टर्नशिप (क्ष्लतभचलकजष्उ) गरिएको,
    ५. औद्योगिक उत्पादनको लागि लागत साझेदारीमा अनुसन्धानगरिएको,
    ६.वैज्ञानिक सम्मेलन, तालिम र कार्यक्रमसञ्चालन गरिएको,
    ७. अनुसन्धान तथा वैज्ञानिक अन्वेषण कार्यको लागि प्रयोगशालास्थापना गरी सञ्चालनगरिएको,

    स्वास्थ तर्फ
    गण्डकी प्रदेश भित्र सरकारी ९ वटा र निजी ६ वटा गरी जम्मा १५ वटा स्वास्थ्य संस्थाबाट डायलायसिस सेवा प्रदान गरिदै आएको, प्रदेश भित्र ५७६ जना बिरामीहरुले डायलायसिस सेवा लिइरहेका र ३०३ जना डायलायसिस सेवाका लागि पर्खाइमा रहेकोमा उक्त संख्यालाई शून्यमा झार्ने उद्देश्यका साथ संक्रामक तथा सरूवा रोग अस्पताल, कास्कीमा २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना तथा संचालनका लागि बजेट बिनियोजन गरी उपकरण खरिदको क्रममा रहेको र आवश्यक जनशक्तिको व्यवस्थापन प्रक्रियामा रहेको,
    प्रदेश अन्तर्गतका सबै अस्पतालको क्षमता विस्तार गरी डायलायसिस सेवा सुचारु गरिएको, (डाइलोसिस मेसिन खरिद प्रक्रिया सम्पन्न गरि ष्लकतबििबतष्यल (इन्टलेसन) गर्ने चरणमा रहेको,
    गण्डकी प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नतिका लागि अध्ययन भई स्तरोन्नति गर्ने प्रक्रियामा रहेको,
    जटिलतामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुको ब्ष्च ीषतष्लनमार्फत हालसम्म ६० जनाको ब्ष्च ीषतष्लनगरिएको । उक्त कार्यक्रम संचालन गर्नको लागि “जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि, २०७९” स्वीकृतिको अन्तिम चरणमा रहेको,
    “विशेष अनुदान तर्फको आमा तथा बालबालिकाको पोषण सुधार आयोजना सम्बन्धी कार्य सञ्चालन मापदण्ड, २०७९” स्वीकृत गरी अति विपन्न, दलित, अपाङ्ग तथा लोपोन्मुख समुदायका सुत्केरी आमा र बच्चाहरु कुपोषणको जोखिममा हुने प्रवल सम्भावना हुँदा सुत्केरी भएको ४५ औं दिनसम्म पोषिलो खानाको लागि दैनिक रू.२००÷– का दरले (रु. ९०००)पोषण खर्च उपलब्ध गराई उनीहरुको पोषण अवस्थामा सुधार गरी आमा र बच्चाको स्वास्थ्य अवस्थालाई सुदृढ गराउने लगायतका कार्यक्रमहरू सञ्चालनमा रहेका,
    नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्नका लागि गण्डकी प्रदेशमा स्थायी बसोबास गर्ने क्यान्सर रोगका बिरामीहरुको उपचारको लागि आर्थिक सहायता प्रदान गरी स्वास्थ्य सेवामा पहुँच स्थापित गर्नका लागि संचालित कार्यक्रमलाई थप व्यवस्थित रूपमा संचालन गर्नका लागि “क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९”स्वीकृतिको अन्तिम चरणमा रहेको,
    संक्रामक तथा सरूवा रोग अस्प्पतालमा भ्भिअतचयलष्अ ःभमष्अब िच्भअयचमष्लन (भ्ःच्)सेवा शुरुवात गरिएको,
    स्वास्थ्य प्रवर्द्धनका लागि बा–आमा कार्यक्रम अन्तर्गत सीमान्तकृत, दलित, लोपोन्मुख जातजातीहरूको बाहुल्यता रहेका स्थानहरूमा विशेष गरी ज्येष्ठ उमेरका आमाहरूको स्वास्थ्यलाई मध्यनजर गरी नवलपरासी (व.सु.पू.), पर्वत, मुस्ताङ्ग, स्याङ्जा जिल्लामा निःशुल्क स्वास्थ्य शिविर तथा उपचार कार्यक्रम सम्पन्न भएको , पर्बत मोदी गाउपालिका –२ पातिचौर (लाभान्वित ३१३), स्याङ्जा हरिनास गाउपालिका –६, क्याक्मी (लाभान्वित २७१), कावासोती नगरपालिका कुवार्वारती स्वास्थ चौकी , नवलपुर मा (लाभान्वित २७४) स्वास्थ शिविर सञ्चालन गरिएको,
    कोभिड–१९ विरूद्धको बुस्टर डोज मात्राको खोप सेवा निरन्तर गरिएको,
    गण्डकी प्रदेशका तोकिएका २२ वटा स्थानीय तहहरूमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी कार्यक्रम शुरुवात गरिएको,
    संक्रामक तथा सरूवा रोग अस्पताल लगायतका अस्पतालमा विशेषज्ञ चिकित्सकहरू छनौट गरी विशेषज्ञ सेवा सुचारू गरिएको,
    लमजुङ जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन हस्तान्तरण गरिएको,
    धौलागिरी अस्पताल, बागलुङमा ऋत् क्अबल खरिद गरी विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा रहेको,
    सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूको उपस्थितिमा सम्बन्धित पक्षबाट गोरखा अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको,
    “पत्रकार पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन मापदण्ड, २०७९” स्वीकृत भईपत्रकार महासंघ कास्की शाखाकाबढीमा३५०जनासदस्यहरूकोस्वास्थ्यबीमाऐन२०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम कार्यान्वयनमा गरिएको


    गण्डकी प्रज्ञा–प्रतिष्ठानतर्फ
    १) बगैचा निर्माण कार्य सम्पन्न गरिएको,
    २) स्रष्टा स्मृति पार्क निर्माण कार्य सम्पन्न गरिएको,
    ३) भानु सभाहलमा क्यगलम क्थकतझ जडान कार्य निर्माण सम्पन्न गरिएको,
    ४) श्रब्यदृश्य कक्ष निर्माण कार्य सम्पन्न गरिएको,
    ५) पौष ३ देखी माघ ५ सम्म बैदाममा १ महिने नेपाल भाषा प्रशिक्षण कार्य सम्पन्न गरिएको,
    ६) २८ जना स्रष्टाको श्रब्यदृश्य मार्फत स्रष्टा वायोग्राफि निर्माण काय सम्पन्न गरिएको,
    ७) लेखनाथ अर्घौमा २०८०बैशाख २ बाट १ महिने नेपाल भाषा प्रशिक्षण शुरुवात गरिएको,
    ८) २०७९ चैत्र २७ गते राजाको चौतारामा १ महिने धिमे बाजा प्रशिक्षण शुरुवात गरिएको,
    ९) २०७९ चैत्र २९ शिशुवामा (लेखनाथ) १ महिने धिमे बाजा प्रशिक्षण प्रारम्भ गरिएको,
    १०) २०७९ चैत्र २६ गते बाट बाटुलेचौर र प्रज्ञा–प्रतिष्ठानको पुस्तकालयमा २ महिने
    सारङ्गी वादन प्रशिक्षण शुरुवात गरिएको,
    ११) भानु सभाहलमा २०० प्रति कुर्ची जडान कार्य सम्पन्न गरिएको,
    १२) गण्डकी नाट्य दर्पण प्रकाशन गरिएको,
    १३) स्रष्टा स्वास्थ्य विमा प्रारम्भ गरिएको,
    १४) ५ वटा जातिको परम्परागत गीत रेकर्डिङ कार्य सम्पन्न गरिएको,
    १५) माझी समुदायको डकुमेन्ड्री निर्माण काय सम्पन्न गरिएको,
    १६) २०८० बैशाख ४ गते पोखरा–१३ मा १ महिने तामाङ भाषा र १ महिने टुङ्ना
    बाजा प्रशिक्षण शुरुवात गरिएको,
    १७) २०८० बैशाख ४ गते पोखरा–३ मा १ महिने बासुरी र खिन बाजा प्रशिक्षण
    शुरुवात गरियो ।

    अन्तमा भावी योजनाहरुः
    सांकेतिक भाषा पुनर्ताजगी तालिम सञ्चालन गर्ने,
    प्रदेश भित्र का सामुदियक तथा घरेलु हिँसा बाट पिडित महिलाहरुलाई आकस्मिक सुरक्षा तथा आवासको लागि सेफ हाउस निर्माण गर्ने,
    खेलाडीहरुको स्वास्थलाई मध्यनजर गरि “ क्उयचतक क्ष्लवगचथ ७ त्चबगmब ऋभलतचभ “ को निर्माण गरिने र अन्तराष्ट्रियस्तरको स्वास्थ तथा पौष्टिक आहारको व्यवस्था गरिने,
    प्रदेश भित्रका छात्र छात्राहरुद्वारा बिज्ञान तथा प्रबिधिको खोज तथा अनुसन्धानत्मक कार्य गराइने,
    पुर्नस्थापना केन्द्रमा रहेका युवाहरुलाई सिप सिकाइ रोजगारको व्यवस्था गरि समाजमा स्थापित गराउने,
    नेपाललाई प्रतिनिधित्त्व गरि कुनै खेलाडीले अन्तराष्ट्रियजगतमा खेल प्रस्तुत गरेमा प्रोत्साहन स्वरुप आतेजाते खर्च प्रदेश सरकारले वेहोर्ने,
    क्याम्पस तथा विश्वविद्यालयमा अनिबार्य रुपमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्षाको निर्माण गरिने,
    स्वास्थ बिमालाईव्यवस्थित बनाउने,
    प्रत्येक जिल्ला अस्पतालमा अनिबार्य रुपमा द्यष्य–ःभमष्अब िभ्लनष्लभभच को व्यवस्था गर्ने ।
    पत्रकार मित्रहरु
    आज सम्म मैले (मेरो सचिवालय) आवास सुबिधा लिएको छैन ।
    आफ्नै घरमा बसेर मन्त्रालय को जिम्मेवार समालेको छ ।
    कुनै पनि दिनमा आफ्नो ब्यक्तिगत काममा कहिल्यै राज्यको सम्पत्ती दुरुपयोग गरेको छैन,
    आफ्नो ब्यक्तिगत कामको लागि आफ्नै सवारी साधन प्रयोग गरेको छु ।
    मन्त्रालयमा आउने कुनै पनि जनतालाइ पार्टीगत रुपमा सम्बोधन गरि प्रथामिकतामा राखेको छैन ।
    मिनिरल वाटरको पानी मन्त्रालयमा प्रयोग नगरी जारको प्रयोग गरिको छ ।
    मन्त्रालय भन्दा बाहिर रहँदा कार्यकक्षमा पूर्ण रुपमा बिजुली बन्द रहेको छ ।
    सचिवालयले मन्त्रालयको सवारी साधन प्रयोग गरेको छैन ।
    पार्टीगत बैठकको लागि मन्त्रालयको कुनै कार्य कक्ष प्रयोंग गरिएको छैन ।
    मन्त्रालयले गर्ने हरेक कार्यक्रमलाई कुनै पनि पार्टी प्यालेस अथवा होटलको प्रयोग गरिएको छैन ।
    मन्त्रालयमा कार्यभार सम्हालेको यो समयले मलाइ निम्न कुरा अनुभूत गराएको छ ः
    १ . स्थिर सरकार ।
    २ . कार्यकर्ता नभई जनता ।
    ३ . मानसिक बिकाससंगै भौतिक विकास ।
    ४ . समान्नातर दृष्टिकोण ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.