स्याङ्जा १७ असार । मानव सेवा आश्रम पोखराले सडक मानव ब्यवस्थापन तथा उद्धार राहतका लागि सरोकारवालासंग स्याङ्जामा अन्र्तक्रिया गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको ब्यवस्थापनमा सडक मानव ब्यवस्थापन तथा उद्धार राहतका विषयमा जिल्ला स्थित जिल्ला समन्वय समिति, ११ वटै स्थानीय तह, सरकारी कार्यालयहरु, बिभिन्न संघसंस्थाबीच अन्र्तक्रिया गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले मानवीय सेवा भन्दा ठूलो धर्म अन्य केही नहुने बताउनुभयो । उहाले आफना आफन्तका अभावमा सडकमा रहने ब्यक्तिका लागि आ आफना क्षमता अनुरुप सहयोग गर्नु गराउन आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, फेदिखोला गाउपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले आगामी दिनमा पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा भएको कार्यक्रमका बोल्दै सडक मानवको रक्षा र जीवन जीउने ब्यवस्थापनको जिम्मा राज्यको भएको बताउदै साझा ब्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
आश्रमका होमनाथ दाहालले आश्रमको ब्यवस्थापन सम्बन्धी जानकारी गराउनुभएको थियो । यसैबीच आश्रम स्थापनापछिको ७ बर्षयता स्याङ्जाका झण्डै ९३ जना ब्यक्तिलाई सोही आश्रममा राखेर आश्रय दिदै आएको पनि मानव सेवा आश्रम पोखराले जनाएको छ ।