स्याङ्जा १६ जेठ । आँधिखोला गाउँपालिकाले सगरमाथा आरोही प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सम्मान तथा नागरिक अभिनन्दन गरेको छ ।
पौडेललाई उनको जन्मथलो रहेको आँधिखोलामा बाजागाजा सहित अभिनन्दन गरिएको हो । सेतीदोभानदेखि चिलाउनेबाससम्म परिक्रमा गराइएको थियो । उहाको जन्मथलो चलाउनेबास हो ।
गण्डकी प्रदेश सदस्य सुधिरकुमार पौडेलले साहसिक एवं अनुकरणीय काम गरेको जनाउदै अभिनन्नदन गर्न पाउनु हामी सबैको लागि खुशीको समय भएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले सगरमाथा चढ्ने पहिलो ब्यक्तिको गाउँ भनेर चिनाउन पाउनु गर्वको कुरा भएको बताउनुभयो ।
आरोही पौडेलले जन्मथलोमा आफु अभिनन्दित हुन पाउदा थप होैसला मिलेकोे बताउनुभयो ।
चैत ३० गतेदेखि यात्रा शुभारम्भ गर्नुभएको पौडेल जठ ७ गते बिहान सवा १० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा पुगेर आँधिखोला गाउँपालिकाको झण्डा र आफु कार्यरत सशस्त्र प्रहरीको झण्डा फह¥याउनु भएको थियो । पौडेल सशस्त्र प्रहरीका प्रहरी निरीक्षक पदमा सेवारत हुनुहुन्छ ।