स्याङ्जा ९ जेठ । वालिङ जेसीजको आयोजनामा नगरपालिकाको सभाहलमा संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संसदीय बैठक प्रणाली तालिम वालिङ जेसीजले दिइएको हो ।
संसदीय बैठक प्रणाली तालिममा प्रमुख अतिथि वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले वालिङ जेसीजले महत्वपूर्ण तालिम संचालन गरेको र यसले अब आउने नगरसभा र कार्यपालिका बैठकहरु सव्य हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाल जेसीजका उपाध्यक्ष तथा वालिङ जेसीजको लागि निरुपित राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसालले अब आउने दिनमा वालिङ जेसीजले महत्वपुर्ण र सिर्जनशिल कार्यक्रम गरी यहाँका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि नेपाल जेसीजले पूर्ण सहयोग रहने र स्थानीय सरकार सँगको सहकार्यमा धेरै कामहरु गर्न सकिने बताउनुभयो ।
सन् १९९७ का राष्ट्रिय अध्यक्ष सिनेटर जेसी रविन्द्र कुमार कर्णले बैठक के हो रु बैठक कसरी संचालन गर्ने रु सफल बैठक कसरी आयोजना गर्न सकिन्छ रु संसदमा कसरी प्रस्तुत हुनेरु सभामा सभामुखको अध्यक्ष र सदस्यको भुमिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उक्त तालिममा सहभागि वालिङ, गल्याङ, भिरकोट जेसीज र वालिङ नगरपालिकाका जनप्रतिनिधि गरी ८० जना सहभागि रहनुभएको थियो । तालिममा सहभागी जनप्रतिनिधि लगायतले तालिम प्रभावकारी रहेको र यस्ता कार्यक्रहरु नियमित भए अझै राम्रो हुने बताउनुभएको थियो ।
वालिङ जेसीजका वर्ष २०२३ का अध्यक्ष मणि प्रसाद अर्यालको अध्यक्षतामा भएको कायृक्रममा निर्वतमान अध्यक्ष जेसी धु्रब पंगेनीले स्वागत , सदस्य पूजा कोइरालाले आस्था पाठ र जेसीजका कानुनी सल्लाहकार यज्ञ पुरुष रिजालले जेसीजको मिसन र भिजन वाचन गर्नुभएको थियो ।