Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » संबिधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन
    राजनीति

    संबिधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2023Updated:September 12, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं २६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उहाको निधन भएको हो।

    ७० वर्षका नेम्बाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिनु भएको हो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुग्नुभएको थियो ।

    ७० वर्षका सुवासचन्द्र नेम्बाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिनु भएको हो । उहाले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभयो । प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाउनुभयो । जो इलाम—२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आउनुभयो । यसअघि उहा राष्ट्रियसभा सदस्य निर्वाचित हुुनु भएको थियो ।

    उहा २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री र त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री हुदै २०५६ सालमा इलाम—२ बाट निर्वाचित हुनुभएको थियो ।

    उहा २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बन्नुभयो । त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारी सम्हाल्नुभयो । २०६४ को संविधानसभा निर्वाचनमा इलाम—२ बाट निर्वाचित हुनुभयो । २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बन्नसभयो।

    उहाले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम—२ बाट जित्नुभयो । २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरि नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ फाल्गुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो ।

    बीए र बीएल पढाइ पूरा गर्नुभएका उहा पार्टीको कानुन समिति सदस्य, संसदीय दलका उपनेता हुँदै उपाध्यक्ष हुनुभयो। उहा २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति र राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो ।

    पञ्चायत विरुद्धको आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा पर्नु भएका नेम्बाङ राजकाज मुद्दामा सात महिना जेल पर्नुभयो । उहा प्राध्यापक संघमा र नेपाल बार एसोसिएसनका महासचिव हुनुभयो । राज्यबाट उहालाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.