Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » संघिय सांसद थापालाई स्थानीयले सुनाए विकासे गुनासा
    अर्जुनचौपारी गाउँपालिका

    संघिय सांसद थापालाई स्थानीयले सुनाए विकासे गुनासा

    Syangja SandeshBy Syangja SandeshJanuary 2, 2024Updated:January 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, पुस १७ गते । अर्जुनचौपारी गाउँपालिका १ रैतेका ४२ बर्षिय कृष्ण प्रसाद शर्माले सरकारले नागरिकका आवश्यक मागहरुको पुर्ति नगरेको गुनासो गर्नु भएको छ ।


    जनताका गुनासो सुन्ने उदेश्यले स्याङ्जा क्षेत्र नं १ का संघीय सांसद राजु थापाको सचिवालयले गरेको जनता र जनप्रतिनिधीसगँ संघीय सांसद कार्याक्रममा शर्माले पहुचको आधारमा बजेट बिनियोजन हुदाँ अत्यावश्यक ठाउँमा बजेट नपुगेको गुनासो गर्नुभयो ।


    नेता, सांसदको घर घरमा बिजुली, मोटरबाटो, खानेपानी पुगेको बताउदै शर्माले सामान्य पहुच नभएका नागरीकले भने सुबिधा पाउनबाट बन्चित भएको बताउनुभयो ।

    यस्तै दारेगौडाकी झयापी देबी साही समुन्द्रले आफुहरु भएका कारण दलित बस्तीमा पाउनु पर्ने अत्यावश्क हसुबिधा नपाएको बताउनुभयो ।


    छेउ छाउँमा मोटरबाटो छ, अन्य जातको बस्तीमा घर घरमा खानेपानी छ, सामुदायिक भवन छ तर हाम्रो बस्ती भने सबै हेरेर चित्त बुझाउनु परेको गुनासो गर्नुभयो ।


    वडा नं १ का कमलकान्त अर्यालले कृषि प्रदान देश कृषिमै ढुङगे युगमा रहेको बताउनुभयो । उहाँले पहुचको आधारमा अनुदान बितरण गरिएको बताउदै कृषिमा सहयोग कामको आधारमा हुनुपर्ने बताउनुभयो ।


    सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जाका कृषकले मुल्य कम पाएको र बिक्री बितरणमा राज्यले ध्यान दिनु पर्ने बताउनुभयो ।


    कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाले सम्बाधेन गर्न नसकेको जनताका आवश्यक माग सम्बोधन सरकारले आनाकानी गरेरमा जनताको हस्ताक्षर सङकलन गरेर सिहदरबार घेराउ गर्न पुग्ने बताउनुभयो । उहाँले यहाँका मुख्य सडक कालोपत्रे, पुतलीबजार देखी नुवारभञ्ज्याङ सडकको बक्स कटिङको लागि पलह गरिदिन सांसद थापासगँ आग्रह गर्नु भएको थियो ।


    ४४ जना जनता तथा जनप्रतिनिधीले मुख्य गरेर खानेपानी, मोटरबाटो, सामुदायिक भवन, शिक्षा र स्वास्थ्य सेवा लगायतका बारेमा गुनासो गरेका थिए ।


    गुनासको सुनुवाई गर्दै सांसद थापाले जनताको काम गर्न निर्वाचित भएको बताउदै जनताका माग पुरा गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । खानेपानी, स्वास्थ्य, शिक्षा नागरिकका नैसर्घिक अधिकार भएको बताउदै सांसद थापाले पालिका र प्रदेश सरकारले गर्न नसक्ने कामको संघीय सरकारबाट गर्न लाग्ने बताउनुभयो ।


    माग धेरै आएको बताउदै आवश्यक र मुख्य योजनालाई संबोधन गर्न पहल गर्ने सांसद थापाको भनाई थियो । श्रोत सुनिश्चित नभई ठेक्का खोल्दा र आर्थिक मन्दीका कारण यहाँका धेरै योजनाहरु अलपत्र परेको सांसद थापाको भनाई थियो ।
    आर्थिक सम्पन्नता नभए सम्म सधै नागरिक समस्यामा रहने बताउदै थापाले त्यसको लागि सबै मिल्नुको बिकल्प नरहेको बताउनुभयो ।


    आगामी दिनमा आफ्नो क्षेत्र भित्रका हरेक पालिकामा पुगेर गुनासो सुनेर केन्द्रमा पहल गर्ने थापाले बताउनुभयो । संघीय, प्रदेश सांसदले निर्वाचनमा निर्वाचि पश्चात स्याङ्जा गरिएको पहिलो पटक गरिएको सांसद कार्यक्रम हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.