Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शुल्क बृद्धिबारे स्याङ्जामा बीपीसीको सार्वजनिक सुनुवाई
    पुतलीबजार नगरपालिका

    शुल्क बृद्धिबारे स्याङ्जामा बीपीसीको सार्वजनिक सुनुवाई

    Syangja SandeshBy Syangja SandeshApril 29, 2024Updated:April 29, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ बैशाख । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (वीपीसी) ले बिद्युत महसुल बढाउने जानकारी गराउदै स्याङुजा सदरमुकाम सहितको पुतलीबजार नगरपालिकामा शनिवार सार्वजनिक सुनुवाई गरेको छ ।

    बिद्युत नियमन आयोगको आयोजना बुटवल पार कम्पनी लिमिटेडद्धारा वितरित आधीखोला जलबिद्युत आयोजनाबाट उत्पादित बिद्युत बिक्रीमा हाल कायम रहेको मूल्यमा ७५ प्रतिशत बृद्धि गर्नेगरी प्रस्ताव गरेको छ ।

    सोही प्रस्ताव बमोजिम मूल्य समायोजनका प्रक्रिया मिलाउनुका साथै उपभोक्तालाई जानकारी गराउने उदेश्यले सार्वजनिक सुनुवाई गरिएकोे कम्पनीले जनाएको छ ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद सरस्वती तिवारीले विपिसी उपलब्ध गराउदै आएको बिद्युत्तीय गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । न्यून भोल्टका कारण धेरै बिद्युत्तीय उपकरण प्रयोग बिहिन बनेको उहाको भनाई छ । करिब ४ दशकदेखि उज्यालो प्रदान गर्दै आएको कम्पनीले हालको अवस्थालाई ध्यान दिदै मूल्य बृद्धि गर्र्न नहुने उहाले भन्नुभयो ।

    कार्यक्रममा सांसद कल्पना तिवारी, नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, रामपुर नगरप्रमुख रमणबहादुर थापा, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्या, वालिङ नगर उपप्रमुख कबिता तिवारी लगायतले बिद्युतीय सेवा प्रवाहका वीपीसीको मात्र लगानी नरहेको जनाउदै स्थानीय लगायत बिभिन्न निकायबाट समेत सहयोग रहेकाले वीपीसीको एकल निर्णयले मात्र मूल्य बढाउन नपाईने बताउनु भएको छ ।

    उपभोक्ताहरुले सदरमुकाममा सार्वजनिक सुनुवाई गरेर नहुने, लक्षित बर्गसम्म पुगेर सार्वजनिक सुनुवाई गर्नुपर्ने, वीपीसीले बिजुलीको भोल्ट नबढाउदा कम्प्यूटर कक्षा संचालनमा कठिनाई भएको, बिद्युत्तीय चुल्होहरु उपयोग बिहिन भएको, उद्योग ब्यवसाय संचालनमा अबरुद्ध बनेका जस्ता समस्या सुनाएका थिए ।

    सुनुवाई कार्यक्रममा आफना धारणा राख्ने सबै सहभागीले बिद्युत उपभोक्ताले अहिले बिद्युत महसुल बढाउन नहुने सहितका कारण सहितका आ आफना धारणा ब्यक्त गर्नुभयो ।

    प्रमुख कार्यकारी अधिककृत उत्तरकुमार श्रेष्ठले सहभागीका जिज्ञासाको जवाफ दिदै २०७३ सालदेखि मूल्यबृद्धि नगरिएको, नेपाल बिद्युत प्राधिकरणसंगै प्रति यूनिट १० रुपैंया ८० पैसामा बिद्युत खरिद गर्दे आफना उपभोक्तालाई त्यती नै शुल्कमा नियमित बिद्युत आपूर्ति गराएको, कम्पनी घाटामा गएकाले बिद्युत महसुल बृद्धिका लागि आवश्यकताका रहेको जानकारी गराउनुभयो ।

    बितरण केन्द्र जिर्ण बन्दै गएकाले जिर्णोद्धारमा ठूलो लगानी आवश्यक रहेको जनाउदै उनले सबै बस्तुका मूल्य बृद्धि भैरहेको बताउनुभयो । बिना जानकारी मूल्य बृद्धि हुदै आएको बताउदै प्रमुखले नेपाल प्राधिकरणले पनि मूल्य बृद्धिको तयारीमा रहेको दावी गर्नुभयो ।

    कम्पनीले हाल प्रतियूनिट ६ रुपैंयामा बिजुली बिक्री गर्दै आएको छ । स्याङ्जाका तल्लो भेग र पाल्पाबासीले वुटवल पावर कम्पनीको बिजुली उपयोग गर्दै आएका छन । वीपीसीले २०४८÷०४९ सालदेखि आधीखोला जलबिद्युत केन्द्रबाट ९ दशमलब ४ मेगावाट क्षमताको बिजुली विक्री बितरण गर्दै आएको छ । केन्द्रबाट उत्पादित बिजुली ६ नगरपालिका सहित ४ गाउँपालिकाबासीले उपभोग गर्दे आएका छन् । स्याङ्जा र पाल्पागरी ४० हजार ४१ ग्राहक रहेको केन्द्रले जनाएको छ ।

    बिद्युत नियमन आयोगका सदस्य भागिरथी भट्टराईले अर्थतन्त्र चलायमान र आयोजना संचालनका लागि मूल्यबृद्धिको आवश्यकता औल्याउनुभयो ।

    यसअघि झण्डै २ बर्षअघि वीपीसीले काठमाण्डौंमा सार्वजनिक सुनुवाई गरेपछि स्थानीय उपभोक्ताले बिरोध जनाएका थिए । अहिले पनि उपभोक्ताबीच नै यस्ता कार्यक्रम संचालन गर्न उपभोक्ताका सुझाव छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.