स्याङ्जा २९ माघ । शीत भण्डारका सुन्तला कुहिएपछि प्रदेश र स्थानीय सरकारले चासो देखाएको छ । प्रदेश तथा स्थानीय सरकार लगायत सुन्तला किसान र सरोकारवालाले स्थलगत अध्ययन अवलोकन गरेका छन ्।
पुतलीबजार नगरपालिका ११ जैसीडाँडामा स्थापित शीतभण्डारमा राखेको महिना दिनमै सुन्तला कुहिएपछि गण्डकी प्रदेश सरकार, सांसद लगायत सरोकारवालाको चासो बढेको हो ।
गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री सीता सुन्दास र कृषि, तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधीरकुमार पौडेल, पुतलीबजार नगरप्रमुख तुलसीराम लगायतको टोलीले सुन्तलाका बारेमा जानकारी लिनु भएको छ ।
शीतभण्डारसम्म पुगेर जानकारी लिएपछि मन्त्री, सांसद, प्रमुखले सुन्तला किसान मार्कामा परेको जनाउदै राज्यले राहत उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्रिपरिषद बैठकबाट किसानलाई राहत दिने र आउदो वर्ष सबै सुन्तला सुरक्षित राख्ने कार्यमा सहयोग गर्ने कृषिमन्त्री गुरुङले आश्वासन दिनुभयो ।
प्रदेशसभामा यहाँका सुन्तलाका बारेमा प्रश्न उठेपछि मुख्यमन्त्री खगराज अधिकारीको निर्देशनमा स्थलगत निरीक्षणका लागि शीतभण्डार गृहमा आएको सांसद सुधिरकुमार पौडेलले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘ किसानलाई राहतदिने बारे प्रदेश सरकारले सम्बोधन गर्र्नेपछ।’
मङ्सिर १४ गते चैतसम्म राखेर मुनाफा कमाउने लक्ष्य लिएर १६७ कृषकले सुन्तला राखेकामा दुई महिनामा शीतगृह खाली भएको छ।
विगतका वर्षमा भन्दा यसबर्ष झण्डै तेब्बर मात्रामा सुन्तला फलेका थिए। सुन्तलाको राम्रा फलदेखिपछि भण्डारण गरेर बेमौसममा राम्रो आम्दानी लिन यहाँका किसानले शीत भण्डारण गरेका हुन। तर, महिना दिनमै कुहिन थालेपछि किसानका सुन्तला खेरा गएका छन्।
जिल्लाभरका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए। भण्डारणमा राखिएका मध्ये ७० प्रतिशत सुन्तला बिग्रीएको स्थानीय किसान कृष्णजंग केसीले बताउनुभयो ।
केही किसानले आफनै सुन्तला भण्डारण गरेका थिए भने केही किसानले खरिद गरी बेमौसमा महंगोमा बेच्ने उदेश्यले भण्डारण गरेका थिए।
यसबर्ष स्याङ्जामा १ अरब ३८ करोड मूल्य बराबरको सुन्तला फलेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । शीतभण्डारणका बेला अपनाउनुपर्ने चिस्यान लगायत प्राबिधिक पक्षलाई ध्यान नदिदा सुन्तला कुहिएको सुन्तला बिज्ञहरुको भनाई छ।