स्याङ्जा ३० असोज । शिवकुमार स्मृति प्रतिष्ठानबाट यसबर्ष ३ जना सामाजिक ब्यक्तित्वलाई सम्मान गरिएको छ।
स्याङ्जा साहित्य प्रतिष्ठान, राङ्खोला लक्ष्मी स्मृति पुस्तकालय तथा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानद्धारा आयोजित लोकसाहित्य सङगोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा पुतलीबजार नगरपालिका ८ का देवबहादुर सिंह ठकुरी, फेदिखोला गाउँपालिकाका तारापति सुवेदी र त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक एवं कास्की निवासी सहप्राध्यापक पूर्णप्रसाद अधिकारी हुनुहुन्छ ।
सिंह र सुवेदीलाई प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेको र अधिकारीलाई साहित्य र सृजनामा उल्लेखनीय योगदान पुरयाएको भन्दै सम्मान गरिएको हो।
उनीहरु सबैलाई दोसल्ला, माला, प्रमाणपत्र र जनही २०÷२० हजार नगद सहित सम्मान गरिएको शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष सुबोधकुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रतिष्ठानका संरक्षक विश्वप्रेम अधिकारी, कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक कपिल अज्ञात र प्रतिष्ठानका संस्थापक अध्यक्ष सुवोधकुमार अधिकारीले सम्मान गर्नुभएको हो ।
नेपाली कांग्रेस स्याङ्जाका नेता तथा पूर्व जिल्ला विकास समितिका पूर्व सभापति स्वर्गिय शिवकुमार अधिकारीको सम्झनामा उनका परिवारद्धारा स्थापित शिबकुमार अधिकारी स्मृति प्रतिष्ठानले बर्षेनी ३ जनालाई सम्मान गर्दै आएको छ।
एकदलीय पञ्चायती शासन ब्यवस्था बिरुद्ध र नागरिक स्वतन्त्रता र प्रजातन्त्रको वहालीका लागि स्वर्गिय अघिकारी लगायतले यहाँका ५ दाजुभाईले आँधीखोलामा डुवेर रक्तहस्ताक्षरगरी आन्दोलनको विगुल फुक्नु भएको थियो ।
अधिकारी राजनीतिकर्मीसंगै साहित्य सर्जक भएकाले आफना पिताजीको स्मृति प्रतिष्ठान स्थापना गरीएको छोरा सुबोधकुमार अधिकारीले जानकारी दिनुभयो ।
सरल स्वभाव, वौद्धिक ब्यक्तित्व अघिकारीको करिब ५ बर्षअघि निधन भएको थियो।