स्याङ्जा २३ जेठ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षाका लागि विश्वब्यापी कार्य सप्ताह मनाएको छ ।
आँधीखोला गाउपालिकामा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सबैका लागि समान शिक्षा गाउँपालिकाको अभियान रहेको बताउनुभयो ।
पालिकाका कुनै पनि बालबालिका शिक्षाबाट बंचित हुन नपरोस भन्ने हाम्रो अभियान हो । यदी, हाम्रा पालिकामा बिद्यालयबाट वाहिर कोही बालबालिका भएमा खबर गरेर सहयोग गर्न समेत उहाले सुझाव दिनुभयो ।
‘सबैका लागि समान, निशुल्क र जीवनोपयोगी शिक्षा हाम्रो भावी लक्ष्य हो । सोही बमोजिम हाम्रा नीति तथा योजना अघि बढाएका छौं’ उहाले भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष सीता थापा, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख विश्वराज आचार्य, आधीखोला गाउपालिका प्रमुख प्रशासकि अधिकृत युवराज अधिकारी, वडा अध्यक्षहरु क्रमश ः पवनकाजी अधिकारी, कमलप्रसाद पौडेल, शेरबहादुर कार्की, सिंहबहादुर क्षेत्री, कृष्णप्रसाद पनेरु, नबिन ढकाल, गैर सरकारी महासंघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटा लगायतले शिक्षक, अभिभावक र बिद्यार्थीको सहकार्य र एकताले मात्र शैक्षिक, भौतिक तथा अन्य ब्यवस्थापन सृदुढ र बलियो हुनेमा जोड दिनुभयो ।
सो कार्यक्रममा गाउँकार्यपालिका सदस्य एवं अन्य सदस्यहरु, पालिकाभित्र सबै प्रधानाध्याप र शिक्षकहरु सहभागी रहेको बताइएको छ ।
यसैगरी, गण्डकी पदेश तथा स्थानिय सरकारसंग छलफल गरी आधिखोलामा आयोजित सो कार्यक्रममा कुल बजेटको २० प्रतीशत शिक्षामा छुट्टाउनु पर्ने सुझाव पत्रमा समेत हस्ताक्षार गरिएको थियो ।