Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » व्यवसायिक बाख्रापालन कृषकको सार्बजनिक सुनुवाई
    गल्याङ् नगरपालिका

    व्यवसायिक बाख्रापालन कृषकको सार्बजनिक सुनुवाई

    Syangja SandeshBy Syangja SandeshOctober 27, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० कात्तिक । गल्याङ नगरपालिका वडा नम्बर ४, दुधेचौरमा उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजनाद्वारा सञ्चालितउन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।


    कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसान आत्मनिर्भर बन्नका लागि परियोजनालाई सही रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले कृषि र पशुपालनबाट आत्मनिर्भर बन्नका लागि गल्याङ नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।
    नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अनुदानका लागि मुख ताक्ने मात्रै होइन, काम नै गरेर अगाडि बढ्नुस् नगरपालिकाले सबै खालको सहयोग गर्न तयार छ ।’ उहाँले कृषकहरुका लागि अनुदान मात्रै नभएर सस्तो ब्याजमा ऋणका लागि पनि आफुले सहयोग गर्ने बताउनुभयो ।
    काम गर्नेहरुका लागि पैसाको खाँचो नहुने भन्दै नगरप्रमुख अधिकारीले इमान्दार भएकार काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गल्याङ नगरपालिकामा दुधको क्षेत्रमा राम्रो काम भैरहेको भन्दै अब बाख्राको क्षेत्रमा पनि काम अगाडि बढेको बताउनुभयो ।नगरप्रमुख अधिकारीले नगरपालिका भित्रका किसानहरुका लागि बाहिरी अनुदान भित्र्याउन आफुले पहल गरिरहेको भन्दै यसका लागि किसानहरु पनि अझै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले एनएलएसआइपीको परियोजना अरु भन्दा निकै राम्रो भएको बताउनुभयो । उहाँले यसअघि पनि विभिन्न अनुदानका कार्यक्रमहरु आएको भए पनि नेपाल लाइभ स्टक सेक्टर परियोजना काम गर्ने किसानहरुका लागि निकै राम्रो रहेको बताउनुभयो ।


    गल्याङ नगरपालिका वडा नम्बर चारका अध्यक्ष नेत्र प्रसाद पाण्डेले ठूलो संघर्ष गरेर परियोजना ल्याउन सफल भएको भन्दै अब कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

    गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले परियोजनाले तोकेको मापदण्डमा रहेर परियोजना सफल पार्न आग्रह गर्नुभयो । पशु चिकित्सक डाक्टर अनिस सापकोटाले बाख्रापालन गर्ने क्रममा गर्नुपर्ने प्राविधिक सहयोगका लागि आफुहरु जुनसुकै बेला तयार रहेको बताउनुभयो ।

    व्यवसायिक बाख्रापालन कृषक समूहका अध्यक्ष रुक्मागत न्यौपानेले आयोजना सफल पार्न संस्थका सबै कृषकहरु एकजुट भएर लागिरहेको बताउनुभयो ।

    गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्जको सहजिकरणमा भएको सार्बजनिक सुनुवाई कार्यक्रमको संचालन एफएमका स्टेशन म्यानेजर तथा गल्याङ नगरपालिका प्रेस संयोजक केपी खनालले गर्नुभएको थियो ।

    कार्यक्रममा गल्याङ नगरपालिकाका इन्जिजियरहरु बुद्धि विश्वकर्मा र कृष्ण अर्यालले आयोजनाको मापदण्ड अनुसार खोर निर्माण गर्ने विधिबारे कृषकहरुलाई सहजिकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    September 11, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसमा रक्तदान

    July 24, 2025

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    July 18, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.