स्याङ्जा ११ साउन । वालिङमा रहेका वैंक तथा वित्तिय संस्थाहरुका कर्मचारीको क्लव वालिङ वैंकर्स क्लवको अध्यक्षमा प्रेमकिशोर अर्याल निर्वाचित हुनु भएको छ । उहाँ गरिमा विकास बैंक वालिङका शाखा प्रमुख हुनुहुन्छ ।
यस अघि पहिलो अधिवेशनवाट नेपाल इन्भेष्टमेन्ट मेगा वैंकका शाखा प्रमुख उज्वल श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठको सरुवा भएपछि क्लवको काममा निरन्तरता दिने उदेश्यले वालिङमा विशेष साधारणसभा मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
यसैगरी उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपक काफ्लेलाई चयन गरिएको छ । अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ ।
सचिवमा राष्ट्रिय बाणिज्य बैंकका लिला गुरुङ्, कोषाध्यक्षमा प्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहनु भएको छ। । सदस्यहरु वालिङ नगरपालिकाभित्रका (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तिय संस्थाका शाखा प्रमुख रहने व्यवस्था रहेको बैकर्स क्लवका पुर्व अध्यक्ष उज्जल श्रेष्ठले जानकारी दिनुभयो । क्लवमा बैंकका शाखा प्रमुखहरु मात्रै साधरण सदस्य बन्न पाउने व्यवस्था गरिएको छ ।
जिल्लाकै मध्यभागमा रहेको वालिङ नगरपालिका बैंकहरुको हवका रुपमा परिचित छ । अहिले सम्म (क), (ख) र (ग) वर्गका बैंकका २३ वटा शाखा रहेका छन् । क्लवले बैंकको सेवा सुविधा देखी सबै बैंकहरु बिचको समन्वयको भुमिका खेल्ने छ भने सामाजिक उत्तरदायीत्वमा काम गर्दै बैंक वित्तिय सचेतना कार्यक्रम संचालन गर्ने उदेश्य रहेको क्लवका नवनिर्वाचित अध्यक्ष प्रेमनारायण अर्यालले बताउजुभयो । बैंक—बैंकको समन्वय नहुँदा सेवाग्राहीमा पर्ने असुविधालाई सुविधामा जोड्ने गरी काम गर्ने अध्यक्ष अर्यालले बताउनुभयो ।
साधारणसभामा वालिङ नगरपालिकाभित्र रहेका वैक तथा वित्तिय संस्थाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । वैक र सेवाग्राही दुवैको हितमा नयाँ कार्यसमितीले कामगर्ने क्लवले जनाएको छ ।