स्याङजा २१ माघ । अर्जुनचौपारि गाउँपालिकामा रहेको दलित उत्थान केन्द्र समाजसेवामा क्रियाशिल छ ।
समय समयमा बेसहारा, अतिविपन्न परिवार, जेष्ठनागरिक तथा अभिभावक गुमाएका बालबालिकालाई सहयोग गर्दे आएको केन्द्रले गास बाँस कपास र शिक्षाका लागि सहयोगगार्थ रकम संकलन गर्दै अर्जुनचौपारिबासीलाई सहयोग गर्दै आएको छ।
अर्जुनचौपारि गाउँपालिका वडा ४ का बृद्ध एकल महिला तथा दम रोगको बिरामी आमा पुर्ण कुमारी बि क को घर,शौचालय निर्माण तथा सो घरमा बिजुली जडान गरिदिएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा घरको चावि हस्तान्तरण गरिएको छ । यसैगरी, वडा न ४ सुनारटोल निवासी एकल एवं जेष्ठ नागरिक बिष्णु माया सुनार को घरमा बिजुली बत्ती जडान गरिएको छ। उहाको घरमा बिजुलीबत्ती बलेको थिएन ।
कार्यक्रममा पालिका अध्यक्ष प्रकाश तिवारीले दलित उत्थान केन्द्रले गरेको कामको उच्च मुल्यांकन गर्दै पालिकाले गरिब तथा बिपन्न वर्ग उत्थान को लागि निशुल्क एम्बुलेन्स सेवा जनप्रतिनिधिको सेवासुबिधा कटौती गरि कल्याणकारी कोष अभिभावक गुमाएका टुहुरा बालबच्चाका लागि शिक्षा स्वास्थ्यको जिम्मा लिने तथा जस्तोसुकै सहयोग गर्ने बाचा गर्नुभएको छ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ, वडा न ४ का अध्यक्ष भुवन सिङ गुरुङ, प्रेस सेन्टरका गण्डकी प्रदेश सयोजक अर्जुन काफ्ले लगायत समाजसेवी आमा समूह कल्ब का प्रतिनिधिले समाजसेवा प्रतिको लगावभाव र सहयोगप्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
दलित उत्थान केन्द्र अर्जुनचौपारिका अध्यक्ष दिपक बिश्वकर्माले खर्च विवरण सार्वजनिक गर्नुभएको थियो भने सचिव कुमार सुनारले संचालन गर्नुभएको थियो ।