Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वीपी जयन्ती पारेर वेसहारा महिलाका लागि आवासिय घरको शिलान्यास
    बिरुवा गाउँपालिका

    वीपी जयन्ती पारेर वेसहारा महिलाका लागि आवासिय घरको शिलान्यास

    नेपाली कांग्रेस विरुवा गाउँपालिकाले १११ औं वीपी जयन्तीको अवसर पारेर असहाय एकल महिलाको लागि आवासीय घर बनाइदिने भएको छ । घरको सोमबार शिलान्यास गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshSeptember 9, 2024Updated:September 9, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ भदौ । नेपाली कांग्रेस विरुवा गाउँपालिकाले १११ औं वीपी जयन्तीको अवसर पारेर असहाय एकल महिलाको लागि आवासीय घर बनाइदिने भएको छ । सोमबार घरको शिलान्यास गरिएको छ ।

    वीपी जयन्तीको शुभकामना ब्यक्त गर्दै विरुवा —५ किचनास स्थित पुष्पगाउँको दलित बस्तीका ६० बर्षिया नानीमाया विकको घर शिलान्यास गर्दै संघिय सांसद राजु थापाले रैतीबाट नागरिक बनाउने अभियान छेडेर हामीलाई सो मार्गमा हिडाउन अभिप्रेरित गर्नुभएका नेपाली कांग्रेसका संस्थापक नेता वीपीको सिद्धान्त र आर्दशलाई शिरोधार्य गर्दै नेपाली कांग्रेसले यस्तै सामाजिक कार्यमा जुटेको बताउनुभयो ।

    उहाले भन्नुभयो , ‘राजनीति गर्ने हामी सुखदुखका साथी हौ । वीपीको नाममा दलित बस्तीमा आज सहभागी भएका छा्रै । लामो समयदेखि दलितलाई हेपेको हाम्रो समाजले दलितका सीप कलालाई राज्यमा उपयोग गर्न सकेनौ । नेपाली कांग्रेस र दलितको सम्बन्ध गर्भे सम्बन्ध हो । पार्टी जन्मदै महामन्त्री वीपी पछिको दोश्रो नेता धनमानसिंह परियार हुन । कांग्रेस जन्मदै दलित बोकेरै जन्मेको पार्टी हो । दलित उत्थानका गर्दे समता दिवस मनाउने र छुवाछुतको अन्त्यका लागि आवाज उठाउने पार्टी पनि नेपाली कांग्रेस नै हो ।’

    अब छिटै घर निर्माणगरि विकलाई हस्तान्तरण गर्ने जनाउदै सांसद थापाले घरको छानाका लागि आवश्यक जस्तापाता ब्यक्तिगतरुपमा आवश्यक सहयोग गर्ने बताए । पार्टीले अघि बढाएको प्रक्रियालाई साथ दिदै र आउदा दिनमा सुखदुखमा साथ दिने कांग्रेसका जिल्ला सभापति समेत रहेका थापाको भनाई छ ।

    सोही अभियानमा अन्य समाजसेवीहरुले पनि आर्थिक सहयोग गर्ने जनाएका छन् । दशै अगावै घर निर्माण सक्नेगरी सुरु गरिएको नेपाली कांग्रेस विरुवा गाउँपालिका सभापति डोलराज पोखरेलले जानकारी दिनुभयो । दुई कोठे घर निर्माण गरिने भएको छ ।

    भूकम्पको धक्काबाट भत्केको घर असार २२ गते ढलेपछि नानीमायाले छिमेकीकोे घरमा शरण लिएर बसेको बताउनुभयो । ‘धेरै दुख सहेर बसेकी थिए । धेरैले के के बचन लगाए । मेरो कुरै सुनिएन । अहिले घर बनाईदिन थाल्नु भएको छ । धेरै खुशी लागेको छ ।’ विकले भन्नुभयो ।


    शिलान्यास कार्यक्रममा कांग्रेसका गाउपालिका सचिव श्रीराम शर्मा र ओमनाथ शर्मा लगायतले वीपी जयन्तीको शुभकामना ब्यक्त गर्दै घर निर्माणका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.