स्याङ्जा ३ भदौ । कृष्णाजन्माष्टमीको अवसर पारेर रामनदीधाममा पुरस्कार बितरण गरिएको छ । विश्व हिन्दु युवा संघ स्याङ्जाले रामनदी धाममा आयोजित चित्रकला प्रतियोगितामा बिजयी बिद्यार्थीलाई शुक्रवार पुरस्कार बितरण गरेको हो।
पुरस्कार बितरण गर्दै विश्व हिन्दू युवा संघ केन्द्रिय अध्यक्ष ऋषिकेशजंग शाहले योगी नरहरिनाथले देखाएको बाटो सबै मानवजातिका लागि लाभलायक भएकाले सबैले उहालाई सभ्झनु पर्ने बताउनुभयो । उहाले नेपालले ५ ग को आधारमा चल्नु पर्ने बताउनुभयो । उहाले गुरुरुकुल सिंस्कार, शिक्षा र नैतिकताका पाठलाई सिकाउने बताउनुभयो ।
गुरुकुलको महत्व वढदेै गएको बताउदै उहाले गुरुकुल शिक्षाको संरक्षण र पैवद्र्धनकाका लागि स्थानीय पालिका बढी जिम्मेवार हुनु पर्नेमा उहाले जोड दिनुभयो ।
यसैगरी, जिल्ला अध्यक्ष नबराज पौडेल, धामका प्रमुख कौशिक महाराज गुरुकुलमा अध्ययरत बिद्यार्थीका समस्याका बारेमा जानकारी गराउदै बिद्यार्थीलाई अन्य अतिरिक्त क्रियाकलाप, तालिम र प्रशिक्षणका कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । विश्व हिन्दू युवा संघ स्याङ्जाले विगतदेखि नै सहयोग गर्दे आएको जनाउदै आगामी आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तला दिनुपर्ने उहाहरुको भनाई छ।
यसैगरी, चित्रकला प्रतियोगितामा जयदेव बस्नेत प्रथम हुनु भएको छ । दोस्रोमा आदित्य पन्थी र तेस्रोमा विश्वास भट्टराई हुनु भएको थियो । बिजयी प्रतियोगीलाई नगद,प्रमाणपत्र,स्टेसनरी समान प्रदान गरिएको थियो ।
विश्व हिन्दु युवा संघ स्याङ्जाको पहलमा नैतिक शिक्षाको विषय पाठ्यक्रम पढाउन थालिएको छ। संघको आग्रहमा गण्डकी प्रदेश शिक्षा मन्त्रालय बाट शिक्षा नीतिमा पनि यो कुरा समावेश भइसकेको छ। त्यस्तै हरेक पालिका मा संस्कृत पुस्तकालय निर्माण गर्ने अभियानमा अगाडि बढेको र भीरकोट मा निर्माण गरिएको र अन्य पालिकामा पनि छिट्टै हुने कुरा संघका जिल्ला अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।