स्याङ्जा ११ चैत । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले विश्व क्षयरोग दिवस अन्र्तक्रिया गरी मनाएको छ । पत्रकार र स्वास्थ्यकर्मीबीच अन्र्तक्रिया गरिएको हो ।
सन २०५० सम्म नेपालमा क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको सरकारले बिबिध कार्यक्रम गर्दे आएको स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।
जिल्लाको सबैभन्दा धेरै संक्रमित देखिएको वालिङ् नगरपालिकामा बिशेष परियोजना संचालन गरेर क्षयरोगी पत्ता लगाउने बिशेष अभियान संचालन गरिरहेको उहाको भनाई छ । श्वास प्रश्वासका माध्यमबाट सर्ने हुदाँ स्वास्थ्य सतर्कता अपनाउन र क्षयरोगका लक्ष्यण देखिनासाथ स्वास्थ्य संस्थामा आउन र पठाउन सुझाव दिन उहाले सुझाव दिनुभयो ।
स्याङ्जाका लागि ५ सय ५९ जना क्षयरोगी पत्ता लगाउने लक्ष्य रहे पनि गत बर्ष २ सय ८६ जना र यसबर्ष १ सय ६४ जना क्षयरोगी पत्ता लागेको उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य अधिकृत बिष्णुप्रसाद सुवेदी र मित्रलाल अर्याल, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष दिनेश अर्याल, पुतलीबजार स्वास्थ्य अधिकृत अनिषा सुवेदी लगायतले क्षयरोगको पहिचान र निदानका बारेमा सचेतनामूलक कार्यक्रम संगसंगै खानपानमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।