स्याङ्जा १४ चैत । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)द्धारा स्याङ्जामा उत्पादित एवं बितरित बिद्युत महसुलमा दोब्बर बृद्धि गरेको सूचना सार्वजनिक भएपछि स्याङ्जाका उपभोक्ताहरु आक्रोशित भएका छन ्।
स्थानीय उपभोक्तासंग छलफल नै नगरी एकलौटीरुपमा बिजुली महसुल दर दोब्बर बढाएको भन्दै स्याङ्जाका जनप्रतिनिधी सहित स्थानीयले बिरोध जनाएका हुन ्।
गण्डकी प्रदेश सांसद भोजराज अर्यालले प्रश्तावित रकम तत्काल फिर्ता लिन र सम्बन्धित क्षेत्रमा आएर छलफल गर्न बिज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ ।
कम्पनीले काठमाण्डौंमा बसेर सार्वजनिक सुनुवाई गरेकोमा समेत उनीहरुको आक्रोश छ । उपभोक्ताबीच स्याङ्जामा छलफलगरी महसुल दर निर्धारण गर्न स्याङ्जाका जनप्रतिनिधिहरुको भनाई छ ।
कम्पनीले ९ दशमलब ४ मेगावाट क्षमताको बिद्युत आधीखोला जलबिद्युत केन्द्र मार्फत बिक्री गर्दै आएको छ। आयोजनाबाट स्याङ्जा र पाल्पाकागरी ३९ हजार २ सय ग्राहक छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका सहित केही वडा बाहेक यहाँका १० पालिकामा र पाल्पाको रामपुर र अर्सेदी क्षेत्रमा यही उत्पादित बिद्युतको उपयोग हुन्छ । अहिलेसम्म उपभोक्ताले ५ रुपैयाँ ८० पैसामा प्रतियुनिट विद्युत खरिद गर्दै आएका छन्। तर, अहिले संचालन, मर्मत सम्भार खर्च बढेको जनाउदै कम्पनीले प्रतियुनिट ११ रुपैयाँ महसुल प्रश्ताव गरेको छ ।
कम्पनीले एक्कासी महसुल बृद्धिको प्रश्ताव गरेपछि उपभोक्ताका आक्रोश बढेको गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराईको भनाई छ ।
उहाले भन्नुभयोे, ‘महसुल बढाउनु परेमा उपभोक्ताबीच जिल्लामै छलफल गर्नुपथ्र्यौ, जिल्लाको कुरा काठमाडौंमा सार्वजनिक सुनुवाई गरेर हुदैंन।’ प्रमुख भट्टराइले भन्नुभयो, ‘स्याङ्जाको भुमि र पानी प्रयोग गरेर आम्दानी लिने कम्पनीले न्यूनतम आधारभूत प्रक्रिया पुरा गर्नुपर्छ। मुल्य बृद्धिले स्थानीय उपभोक्ता मारमा पर्छन, यो उचित छैंन ।’
आँधीखोला बितरण आयोजना प्रमुख डोलप्रसाद खरेलले भन्नुभयोे, ‘कम्पनी संचालन सहित आयोजना मर्मतका लागि भन्दै विगत ५ महिनाअघि सरकारलाई बुझाएको प्रतिवेदन अनुरुप समय सापेक्ष मूल्य बृद्धिको प्रस्ताव सहित पहिलो चरणमा सार्वजनिक सुनुवाई गरेका हौ ।’
प्रश्तावित महसुल स्वीकृत स्वरुप विद्युत नियमन आयोगको समन्वयमा काठमाडौमा चैत १० गते सार्वजनिक सुनुवाई भएको थियो ।
कम्पनीले स्याङ्जा र पाल्पाका एक दर्जन बढी स्थानीय तहमा विद्युत बिक्री गर्दै आएको छ। स्थानीय उपभोक्तालाई आर्थिक मारमा पार्दै कम्पनीले नाफा कमाउने धन्दामा लागे कम्पनीका बिरुद्ध आन्दोलन चर्काउने स्थानीयको भनाई छ ।