Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विद्युत महशुल तत्काल नबढाउने विपिसीको निर्णय
    अर्थ

    विद्युत महशुल तत्काल नबढाउने विपिसीको निर्णय

    Syangja SandeshBy Syangja SandeshJune 28, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असार । बुटवल पावर कम्पनी (बिपिसी) ले नयाँ आर्थिक वर्षबाट विद्युत् महसुल समायोजन गरिदिन गरेको प्रस्तावमा तत्कालका लागि रोकिएको छ। बुटवल पावर कम्पनीले आँधी खोला जलविद्युत् उत्पादन केन्द्रबाट उत्पादित विद्युत्को महसुल समायोजन गर्न गरेको प्रस्ताव तत्कालका लागि रोकिएको हो।

    बुटवल पावर कम्पनीले विद्युत् नियमन आयोगमा विद्युत् उत्पादन र प्रसारणमा घाटा भएको प्रतिवेदन पेस गर्दै महसुल समायोजन गरिदिन प्रस्ताव पेस गरेको थियो। विद्युत् महसुल बढाउन उचित छ या छैन भनी आयोगले गत चैत १० गते काठमाडौँमा सार्वजनिक सुनुवाइ गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो तर उक्त सार्वजनिक सुनुवाइमा स्याङ्जावासी उपभोक्ता भने बेखबर थिए। विद्युत् महसुल वृद्धि नगर्न जिल्लाका जनप्रतिनिधि, उपभोक्ता, राजनीतिकदल र नागरिक समाजले चर्को विरोध गर्दै आएका थिए।

    विद्युत् उपभोग गर्ने उपभोक्ताको चर्को दबाब र बुटवल पावर कम्पनीले वितरण गरेको प्रशारणमा केही त्रुटि देखिएपछि हाललाई महसुल समायोजन गर्न नसकिने निष्कर्ष आयोगले निकालेको बताइएको छ। आयोगका सचिव तथा प्रवक्ता गोकर्णराज पन्थले अहिले बुटवल पावर कम्पनीले पेस गरेको महसुल वृद्धि गर्ने प्रस्तावलाई यथास्थितिमा राख्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाललाई यथास्थितिमा नै राख्ने निर्णय भएको छ तत्काल महसुल वृद्धि हुँदैन।

    उपभोक्ताको चर्को दबाब पनि आयो, आयोगले यसबारे अनुसन्धान गर्दा तत्काल नबढाउने निर्णयमा पुगेको हो। कम्पनीलाई केही घाटा भएको भने देखिएको छ।” बिपिसीले उत्पादन गरेको विद्युत् प्राधिकरणलाई बेच्न खोजिरहेको छ। सचिव पन्थले भन्नुभयो, “बिपिसीले परियोजना नै सरकारलाई हस्तान्तरण गर्न खोजेको छ।” यो वर्ष स्याङ्जाका उपभोक्ताले पुरानै महसुल तिर्न पाउने वातावरण सिर्जना भएको उहाँले बताउनुभयो।

    २०७३ साल साउनदेखि नयाँ विद्युत् महसुल लागु गरेको कम्पनीले झन्डै सात वर्षको अवधिमा घाटा भएको भन्दै पुनः विद्युत् महसुल बढाउने तयारीमा लागेको थियो। प्रतियुनिट दुई रुपियाँ तिर्दै आएका उपभोक्ताले ०७३ सालदेखि नयाँ महसुल निर्धारण गर्दा प्रतियुनिट औसतमा न्युनतम पाँच रुपियाँ ८० पैसा तिर्दै आएका थिए। कम्पनीले आयोगलाई औसतमा प्रतियुनिट पाँच रुपियाँ २६ पैसा घाटा हुँदै आएको जनाउँदै यो घाटा परिपूर्ति गर्न पाँच रुपियाँ २६ पैसा बढाउनुपर्ने प्रतिवेदन आयोगमा बुझाएको थियो।

    कम्पनीले आँधी खोलाबाट ९।३ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ। स्याङ्जाको भिरकोट, वालिङ, गल्याङ र चापाकोट नगरपालिका तथा पाल्पाको केही पालिकाका ३९ हजार दुई सय सेवाग्राहीले यो विद्युत् उपभोग गर्दै आएका छन्। यसका लागि तीन करोड ४३ लाख युनिट विद्युत् खपत हुने कम्पनीले जनाएको छ।

    प्रतिनिधि सभाका सांसद राजु थापाले कम्पनीले प्रस्ताव पेस गरेकै आधारमा महसुल समायोजन गरिदिएको भए विद्युत् प्राधिकरणकै बराबरको शुल्क तिर्नुपर्ने अवस्था आउने बताउनुभयो। उहाँले भन्नुभयो, “अब उपभोक्ताका लागि राहत हुने भएको छ, विद्युत् नियमित र भरपर्दो बनाउन हाम्रो मेहनत जारी छ।” विद्युत् महसुल बढाउने प्रस्ताव पेस भएको जानकरी पाउनासाथ जिल्लाका जनप्रतिनिधिसहित नियमन आयोगमा गएको र तत्काल नबढाउन दबाब दिएको उहाँले जानकारी दिनुभयो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.