स्याङ्जा २० जेठ । गएको शनिबार साँझ आमा (विष्णु विक) र हजुरआमा ९उमासरा परियार० सँग फोनमा कुराकानी गर्दै घरपरिवारका सन्चो बिसञ्चो सोधिन्, कृष्मी थापा। आइतबार बिहान ४ बजेदेखि ड्युटीमा जानुपर्ने भन्दै आमा र हजुरआमासँग कुराकानी छोट्याएर सुत्नुभयो।
सधैंजसो साँझमा फोन गर्ने उनी कहिल्यै फोन नगर्ने गरी निदाउनुभयो । अर्थात् आइतबार मुस्ताङमा भएको तारा एअरको जहाजमा उनको ज्यान गयो। आमा, हजुरआमालगायत मावली परिवार अझैं कृष्मी जिउँदै छिन् कि झस्किरहन्छन्। भक्कानिन्छन्।
‘हौसलासहित म छु नि, अब पीर नगर्नुस्, दुःखका दिन सकिए भन्दै सम्झाउने उहाको आवाज बन्द भयोे। दैव लाग्यो’, आमा र हजुरआमा भक्कानिँदै रुदै भन्नुहुन्छ, ‘हामीलाई पनि छोरीसँगै लैजाऊ।’ दिनभरको काम सकेर कोठामा फर्केपछि प्रायजसो उहाले आमा र हजुरआमासँग कुराकानी गरर्नुहुन्थ्यो। परिवारसँगै गाउँको पनि जानकारी लिने उहाको बानी। बचपनदेखि विभिन्न आरोह–अवरोहमा हुकृनुु भएका उहा सबै बालबालिकाले राम्रो शिक्षा पाएमा सक्षम बन्ने बताउनुहुन्थ्यो ।
मामाघरका हजुरआमा र मामाहरूको संरक्षकत्वमा लालनपालन र शिक्षादीक्षा पाएकी उनले आफू एअरहोस्टेज बनेपछि मामाका छोराछोरीलाई पढाउँदै हुनुहुन्छ काठमाडौं र पोखरामा राखेर उनले मामाका छोराछोरीलाई उच्च शिक्षा दिलाउनु भएको थियो । उहाको दुखद मृत्युसँगै ३ भाइबहीनीसमेत विछिप्त छन्। उहाहरूका हौसला, प्रेरणा र ढाढस दिने दिदी गुमेको छ।
तीन मामाका एक्ली दिदीरबहीनी हुन्, कृष्मिका आमा विष्णु। भारतीय सेनामा रहँदै हजुरबुवाको मृत्यु भएपछि हजुरआमा पनि करिब ३५र४० वर्षमै विधवा बन्नुभएको थियो । विष्णुको पनि अन्तरजातीय प्रेमपछि गर्भ रहेपछि कृष्मीको जन्म भएको थियो। प्रेमबहादुर थापासँग प्रेमपछि छोरी जन्मिए पनि परिवारले स्वीकार गर्न नसक्दा माइतीको शरणमै रहन वाध्य हुनुभयो ।
सरल र परिश्रमी स्वभावका उनी पढाइमा पनि अब्बल र लगनशील पनि। उहा पछिल्लो समय तिहारमा चापाकोट आउनु भएको हो । आफ्ना आमा र हजुरआमालाई डोल्पालगायत हिमाली क्षेत्रमा लगेर पनि घुमाउनुभयो ।
डोल्पाका स्याउ र स्याउबाट बनेको रक्सी गाउँलेलाई पनि चखाउनुभयो । कृष्मी गाउँले सबैका साझा भान्जी । सबैले उहालाई माया र हौसला दिन्थे। र, उहाले सबैलाई सम्मान र ‘सामाजिक सेवाप्रति अत्यन्तै लगाब देखिन्थ्यो भान्जी कृष्मीमा,’ विश्वास पुरी भन्नुहुन्छ ।
मल्याङकोट–४ कोटगाउँमा ठकुरी, मगर जातिको बाक्लो बस्ती छ। समाजसेवामा र राजनीतिमा अब्बल कृष्मीका हजुरआमाको स्वाभाव नातिनीमा झल्कन्थ्यो। राजनीतिमा समेत आउने उनको चाहना रहेको पुरी भन्छन्। हालै सम्पन्न निर्वाचनमा उहाका आमा पनि सोही वडाको वडासदस्यमा निर्वाचित हुनुभयो ।
कृष्मीले गाउँकै विद्यालय खड्ककाली माविबाट एसइई पास गरेपछि वालिङ बहुमुखी क्याम्पसबाट प्लस टु सकिन् र एयर होस्टेज तयारी गर्नुभएको हो । सन् २०१५ देखि उनी एयरहोस्टेजमा आबद्ध उहा आफ्नै मेहनत, लगाव र परिश्रमले उनले एअर होस्टेज रोज्नुभयो । सुन्दर मुहार, आकर्षक शरीर, मृदुभाषी भएका कारण उनी एअरहोस्टेज बन्न सफल भएकी हुनुभयो । उहाका लक्ष्य पूरा गराउन उनका मावलीको ठूलो हात छ।
करिब २७ वर्षीया कृष्मी र चालक दलसहित २२ यात्रुसहित मुस्ताङको मानापाथी हिमाल छेउ उनी चीर निद्रामा परिन्, कहिल्यै नबिउँझिने गरी। उहा केवल सम्झनामा मात्र । आमा र उहाका मावली परिवारको अवस्था बिक्षिप्त छ।
बिहीवार उहाका आफन्तजनले शव बुझेर पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।