Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विकास गर्नको लागि निर्वाचित भएको हुँ — मन्त्री गुरुङ
    चापाकोट नगरपालिका

    विकास गर्नको लागि निर्वाचित भएको हुँ — मन्त्री गुरुङ

    Syangja SandeshBy Syangja SandeshFebruary 15, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ३ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले जिल्लाको समृद्धी र विकासर्को उदेश्य लिएरआफू निर्वाचित भएको बताउनु भएको छ ।

    चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा आज (बिहीवार) बाट सुरु भएको ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला’ को उद्दघाटन गर्दै मन्त्री गुरुङले मन्त्री बन्नको लागि मात्रै निर्वाचित नभएको बताउनुभएको छ ।

    चापाकोटको कृषि क्याम्पस, ग्रामीण सडक, सिचाई, अस्पताल, कालीगण्डकीमा निर्माणधीन पुल अलपत्र अवस्थामा परेको लगायतको सबै विषयमा आफ्नो आँखा पुगेको भन्दै मन्त्री गुरुङले भन्नुभयो, “यी विषयलाई यर्थाथमा परिणत गर्नको लागि मैले काम गर्नु छ । त्यसैले गफ होइन् काम गर्नुछ । काम गर्नको लागि सबैको साथ र सहयोग आवश्यक छ ।”

    चापाकोट भर्जिन सिटी भएको भन्दै मन्त्री गुरुङले आगामी दिनेमा यसलाई सुन्दर सिटीको रुपमा विकाशित गराउन सबै जान लाग्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, प्रदेश सांसद महेश भट्टराई, चापाकोट नगरपालिका नगरप्रमुख देव बहादुर खाँण ९ईश्वर०० गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराई, जिल्ला प्रशासन कार्यालय स्याङ्जा सहयाक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल लगायतको उपस्थिती रहेका थियो ।

    चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव शिव श्रेष्ठले गर्नुभएको थियो ।


    आजदेखि सूरु भएको “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०” फागुन १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुनेछ ।

    मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

    गाउँ– गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिएका आयोजकले बताएको छ ।

    सुन्तौलिटारको बगैचाबाट सुरु भएको झाँक्री मुख्य बजार परिक्रममा गरी कार्यक्रमस्थलमा पुगेको थियो । उद्द्घाटन कार्यक्रममा हजारौँ स्थानीयको सहभागीता रहेको महोत्सव आयोजक समितिका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.