Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ महोत्सव माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा
    वालिङ् नगरपालिका

    वालिङ महोत्सव माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा

    Syangja SandeshBy Syangja SandeshJanuary 7, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ पुस । आठौँ वालिङ महोत्सव यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमै हुने भएको छ । आइतवार खेलमैदानमा पत्रकार सम्मेलन गरी वालिङ उद्योग वाणिज्य संघले सातौँ संस्करणको महोत्सव यही खेलमैदानमै सम्पन्न गरेको भन्दै आठौँ महोत्सव पनि खेलमैदानमै सम्पन्न गर्ने जानकारी दिएको हो ।


    कार्यक्रममा महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ महोत्सव यहाँको ब्राण्ड भएकाले वालिङको ब्राण्डलाई थप उचाईमा लैजाने यो आठौँ महोत्सवले सहयोग पुग्ने बताउनुभयो । वालिङ महोत्सवको व्यवस्थापकीय, प्रर्वद्धनात्मकलगायतका विषयमा धेरै ठाउँमा चर्चा हुने गरेको भन्दै महोत्सवले गाउँगाउँमा उत्पादन भएका उत्पादनहरुलाई बजारीकरण गर्न सहयोग पुगेको पौडेलको भनाई छ ।

    खैल मैदानको दुवो संरक्षण गर्दै महोत्सव गरिने र आगामी दिनहरुमा पनि दुवो संरक्षणमा संघले महत्वपुर्ण भुमिका खेल्ने महोत्सवका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजना गरिएको महेत्सवमा यहाँका स्थानीय कृषि उपजहरुको बजारीकरण गर्दै वालिङमा रहेका संभावनाहरुको उजागर गर्न महोत्सवले सघाउ पुग्ने महोत्सवका संयोजक तथा संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


    कार्यक्रममा आठौँ वालिङ महोत्सवका सल्लाहकार संयोजक दिलिपप्रताप खांणले वालिङ खेलमैदान सार्वजानिक मैदान भएको भन्दै महोत्सव नर्गनको लागी खेलकुद परिषदले पठाएको पत्रको कुनै औचित्य नहुँने बताउनभुयो । राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता सम्पन्न गरिएको खेलमैदानमा लाखौँ खर्च गरेर दुवो विछ्याईएको भन्दै खेलमैदान भन्दा अन्यत्र महोत्सव गर्न समेत यहाँका स्थानीयले आवाज उठाईरहका थिए । खेलमैदान कसैको स्वामित्वमा नभएको भन्दै खेलमैदानमा खेल्न, कार्यक्रम गर्न, मेला महोत्सव गर्न नपाईने भन्ने विषयको औचित्य नभएको निर्वतमान नगरप्रमुख समेत रहनुभएका खांणले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा पुर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले खेलमैदानमा लगाईएको दुवोको माया र महत्व वालिङ उद्योग वाणिज्य संघलाई पनि भएको भन्दै दुवोलाई नमास्ने गरी खेलमैदानको वरपर रहेका जग्गाहरुमा बालउद्यान तथा अन्य संचरनाहरु निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुुवो संरक्षणको लागी वाणिज्य संघ पनि उत्तिकै उत्तरदायि छ । दुवोको संरक्षणका लागी संघले महोत्सवबाट हुने बचतको ५ प्रतिशत छुट्याएको छ । मेला महोत्सवले यहाँको पैसा चलायमान हुन्छ । महोत्सव गर्न हुँदैन भन्ने धारणा गलत हो । ” संघले यहाँका व्यापारी व्यवसायीको सल्लाह अनुसार नै महोत्सव गरेको भन्दै मेलाले आन्तरिक पर्यटकको आवागमन हुँदा यहाँकै व्यवसायीलाई फाइदा हुने मञ्चका अध्यक्ष अर्यालले बताउनुभयो ।

    महोत्सवको आर्कषणको रुपमा डान्स आईडल सिजन ३, भजन प्रतियोगिता, रत्यौली गित प्रतियोगिता रहेका छन् । महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु रहनेछन् । जसमा ५० प्रतिशत बुक भैईसकेको आयोजकले जनाएको छ । वालिङ तथा आसपासको पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले जिल्ला भित्र रहेका पर्यटकीय स्थलहरुको जानकारी सहितको फोटो प्रर्दशनी, होमस्टेमा आवासको व्यवस्था समेत गरिनेछ । महोत्सवको संरक्षक संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रर्वद्धकको रुपमा नेपाल पर्यटन बोड रहको छ भने आयोजक वाणिज्य संघ र वालिङ नगरपालिका रहेको छ ।

    महोत्सवमा विभिन्न जातजातिहरुको भेषभुषा, कला संस्कृति समावेश गरिनेछ भने प्रतियोगितात्मक कृषि उपजको प्रर्दशनी रहनेछ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्नेछन भने महोत्सव अवधिभर १० करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट १ करोड २६ लाख आम्दानी गरी ७९ लाख ५१ हजार खर्च गरी ५६ लाख ४८ हजार बचत गर्ने आयोजकको लक्ष्य छ ।

    महोत्सब मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानाले स्वागत, उपाध्यक्ष खगेन्द्र अर्यालले धन्यवाद एवं महासचिव रमेश अर्यालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.