स्याङ्जा ९ बैशाख । नेकपा एमालेले वालिङ् नगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ।
वालिङ् नगरपालिकाको प्रमुखमा कृष्ण खाँण र उपप्रमुखमा खगिसरा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अन्य वडाको भने छलफल जारी रहेको बताइएको छ।
खाँण नेकपा एमाले जिल्ला उपाध्यक्ष हुनुहुन्छ भने थापा सचिवालय सदस्य हुन्। अन्य पालिकाको बारेमा भने छलफल जारी रहेको सहसचिव राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।