Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकाले ईबिकको स्वामित्व ग्रहण गर्ने
    अर्थ

    वालिङ नगरपालिकाले ईबिकको स्वामित्व ग्रहण गर्ने

    Syangja SandeshBy Syangja SandeshJuly 9, 2023Updated:July 9, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ, २४ असार । नगरपालिकामा सञ्चालनमा रहेको ‘उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र–ईबिक’लाई पालिकाले स्वामित्व ग्रहण गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

    शनिवार नगरपालिकामा भएको छलफलमा ईबिकको प्रभावकारीता र भूमिकाको बारेमा छलफल गरी यसलाई नगरपालिकाले स्वामित्व ग्रहण गर्ने तय भएको नगरउपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिसँग मिलेर सञ्चालनमा ल्याएको ईबिक प्रभावकारी रहेको छ त्यसैले यसलाई पालिकाले स्वामित्व ग्रहण गर्नेछ र पालिकाको अंगको रुपमा सञ्चालन गर्नेछ ।”

    कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका निवर्तमान् प्रमुख दिलिपप्रताप खाँणले उद्यमशीलताको प्रवद्र्धन अहिले आवश्यक्ता भएको बताउनु भयो । विदेशबाट फर्किएका र स्वदेशमा नै उद्यम गर्न चाहानेहरुको एक सारथी भएको खाँणको भनाई छ । आफूले ईबिकको मर्म र काम बुझेर नै पालिकामा शुभारम्भ गरेको स्पष्ट पार्नु भयो । यसको दिगोपनाको लागि सबैले ध्यान दिनुपर्ने खाँणले बताउनु भयो ।

    यस्तै कामको शिलशिलामा जिल्ला बाहिर रहनु भएका नगरप्रमुख कृष्ण खाँणले ईबिकलाई प्रभावकारी रुपमा सञ्चालनका लागि आफू प्रतिबद्ध रहेको जानकारी दिनुभयो । प्रविधि मार्फत छलफलमा सहभागी हुनु भएका नगरप्रमुख खाँणले योजना बनाएर पालिकाले काम गर्ने स्पष्ट पार्नु भयो ।

    छलफलमा ईबिकको महत्व र आवश्यक्ता माथि जानकारी गराउनु हुँदै युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले भन्नुभयो, “विदेशबाट फर्किएका, स्वदेशमा नै केही गर्न चाहाने तथा उनीहरुमा भएको सीपको व्यावहारिक प्रयोगका लागि यो अति आवश्यक छ ।”


    दिगो विकासको लक्ष्य प्राप्तीका लागि आर्थिक संमृद्धि अनिवार्य रहेको भन्दै ईबिकले ‘बाली देखि थाली सम्म’ को भनाईलाई सार्थक पार्ने काम गर्ने अर्यालको भनाई छ । ईबिकले उद्यमशीलता,व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तनका कार्य प्रभावकारी रुपमा गर्ने भन्दै प्रमुख अर्यालले वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ईबिक मार्फत पाँच हजार बढीले प्रत्यक्ष फाईदा लिनु सकारात्मक भएको बताउनु भयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले पालिकाले यस अघि नै ईबिक सञ्चालनका लागि बिभिन्न नीति नियम बनाएको जानकारी गराउनु हुँदै यसको कार्यान्वयनले ईबिक दिगो रहने बताउनु भयो ।

    कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी सस्थाका प्रतिनिधि तथा दियालो संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


    युएनडिपि नेपालको सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित ईबिकलाई नगरपालिकाले नीतिगत निर्णय मार्फत दिगो रुपमा सञ्चालन गर्ने छलफलले निस्कर्ष निकालेको पालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.